मिदास टेक्नोलोजीसँगको संयुक्त प्रयासमा कोसी अस्पतालले "नयाँ अस्पताल एप" मार्फत सेवा सुरु

नेपालको प्रतिष्ठित अस्पताल मध्येको कोसी अस्पतालले मिदास टेक्नोलोजीसँगको सहकार्यमा आफ्नो नयाँ "मोबाइल  अस्पताल एप" सञ्चालनमा ल्याएको छ ।  सो एप मार्फत बिरामीहरूले अब सजिलै अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्ने छन्। बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र खरिद गर्नुका साथै  प्रयोगशाला रिपोर्टहरू पनि एप बाटै प्राप्त गर्ने सक्ने छन् ।

यसै गरी नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले  समेत अस्पतालको निःशुल्क टिकट बुक गर्न र  आफ्नो बिमा जानकारी राखेर प्रमाणीकरण गर्न  पनि  सक्ने छन् ।

सो सेवाले अपोइन्टमेन्ट लिन अस्पतालसम्म पुग्ने समय र अस्पताल पुगेर लाममा पर्खनु पर्ने झन्झटलाई कम गर्ने छ ।  यसले अस्पतालको सेवालाई  समेत थप पहुँचयोग्य र सुलभ बनाउन सहयोग पुग्ने छ ।

दशकौँ लामो समयदेखि बिरामीहरूलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आएको कोसी अस्पतालले मोबाइल एप मार्फत समेत सेवा थालेर आफ्नो सेवालाई थप उन्नत बनाएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x