अहिले चलचित्र निर्माण, छायाङ्कनदेखि प्रदर्शनसम्म डिजिटल प्रविधिबाट हुने गरेका छन् । नेपालमा चलचित्रका क्षेत्रमा डिजिटल प्रविधिको सुरुआत भूषण दाहालले निर्देशन गर्नुभएको ‘कागबेनी’ र आलोक नेम्वाङले निर्देशन गर्नुभएको ‘सानो संसार’ बाट भएको हो ।
यी दुई चलचित्रसँगै डिजिटल प्रविधि भित्रिएपछि चलचित्र निर्माण सहज, व्यवस्थित र व्यावसायिक भएको निर्देशक, निर्माताको भनाइ छ । डिजिटल प्रविधिले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सक्ने गरी नयाँ युगमा प्रवेश गरेको छ ।
यसको सुरुआतसँगै ‘प्रिन्टको डब्बा’ लिएर चलचित्र भवन धाउनुपर्ने बाध्यता हटेको निर्माता अशोक शर्माले बताउनुभयो । “यसले एउटै समयमा देशभर चलचित्र प्रदर्शन गर्न सहजता दिएको छ”, उहाँले भन्नुभयो, “सोही कारण काठमाडौँमा प्रदर्शनका निमित्त पालो पर्खिएका चलचित्रको लाइन घटेको छ ।” सन् २००७ मा डिजिटल सिनेको सुरुआत गरेको उहाँले स्मरण गर्नुभयो । प्रदर्शक, वितरक र निर्माताको समूह बनाएर सुरु गरिएको डिजिटल प्रविधिलाई नेपालभर पूर्णता पाउन झन्डै एक दशक लाग्यो ।
“नेपाली चलचित्रलाई सहरिया क्षेत्रमा हेरिने दृष्टिकोणसँगै स्तरीय प्रदर्शनीका लागि डिजिटल प्रविधि आवश्यक थियो । अस्ट्रेलियन प्रविधि खर्चिलो हुने भएपछि भारतीय प्रविधि ‘युएफओ’सँग सहकार्य गरेर सुरु गरेका हौँ”, निर्माता शर्माले भन्नुभयो, “सुरु आती समयमा डिजिटल प्रविधिमा चलचित्र निर्माण सहज होस् भनेर क्यामेरा ल्यायौँ । यस प्रविधिमा निर्माण गरिने चलचित्रलाई केही रकमसमेत सहयोग गर्न थाल्यौँ । हल सञ्चालकलाई भविष्य देखाएर प्रविधि जडान गर्न हौसायौँ ।”
अहिले विश्वभर एकसाथ चलचित्रको प्रदर्शन यही प्रविधिले गर्दा सम्भव भएको उहाँको भनाइ थियो । “नेपालमा अहिले पूर्णतया डिजिटल प्रविधिमा निर्माणदेखि प्रदर्शनसम्म हुने गरेको छ”, शर्माले भन्नुभयो, “पहिला मोफसलमा प्रदर्शन भएर पुरानो भइसकेका प्रिन्ट काठमाडौँमा प्रदर्शन हुँदा प्रिन्ट कोरिएको, प्वाल परेको, टाँसिएकोलगायत बिग्रिएको अवस्थामा काठमाडौँ भित्रिने हुँदा सहरिया दर्शकलाई आकर्षण गर्न सकेको थिएन ।”
डिजिटल प्रविधिसँगै एकसाथ देशभरका हलमा चलचित्र प्रदर्शन हुन् थालेपछि निर्माता तथा निर्देशकमा उत्साह थपिएको शर्माको भनाइ थियो । डिजिटल प्रविधिमा चलचित्र निर्माण र प्रदर्शन सहज भएपछि नियमितभन्दा फरक कथा र कलाकारले आफूलाई प्रस्तुत गर्ने मौका पाएका उहाँले बताउनुभयो ।
नयाँ र आधुनिक प्रविधिको प्रयोगका कारण प्रदर्शन लागत घट्नुका साथै समयको बचत हुने भएकाले चलचित्र निर्माताको सङ्ख्या बढेको नेपाल चलचित्र सङ्घका महासचिव नरेन्द्र महर्जनले बताउनुभयो । प्रदर्शकसँगै निर्माण र वितरणसमेत रहनुभएका महर्जनले प्रविधिको रूपान्तरणले चलायमान बनाउन मद्दत गरेको बताउनुभयो ।
“निर्माताका साथै चलचित्रको सङ्ख्या पनि पहिलेको तुलनामा बढेको छ । प्रविधिले चलचित्र निर्माणदेखि प्रदर्शनसम्म सहजता थपेको छ”, उहाँले भन्नुभयो । एकै किसिमका चलचित्र हेरिरहेका दर्शकलाई फरक विषय र शैलीका चलचित्रले हलसम्म ल्याउन सफल भएको महासचिव महर्जनको भनाइ थियो ।
निर्माणसँगै चलचित्र भवनमा देखिएको सेवा सुविधा र आधुनिकता पनि त्यसको कारण बनेको महर्जनको बुझाइ छ । उहाँका अनुसार बढिरहेका दर्शकले समाजसँग जोडिएको चलचित्र पर्दामा पाउन थालेका छन् ।
 
डिजिटल प्रविधिसँगै भएको रूपान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    