विजय लघुवित्तकाे नाफा ९ करोड ५१ लाख, प्रतिशेयर आम्दानी कति ?


ज्ञानमाण्डू। आ.व. २०७७/७८ को तेस्राे त्रैमास सम्ममा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले १० करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को तेस्राे त्रैमास सम्ममा लघुवित्तले ९ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३२ करोड रुपैयाँ चुक्ता पुँजी रहेको विजय लघुवित्तले ४ अर्ब ७० करोड २२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, विजय लघुवित्तले ३ अर्ब २५ करोड ६१ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा २१ करोड ९० लाख रुपैयाँ रहेको छ।

विजय लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी २.८९ प्रतिशतले बढेर २६ करोड ५६ लाख रुपैयाँ पुगेको छ । लघुवित्तमा निष्क्रिय कर्जा अनुपात ४.७४ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ६४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x