उज्बेकिस्तान विरुद्धको खेलमा नेपाल पराजित

ज्ञानमाण्डू।किर्गिस्तानमा जारी नादेझ्दा कप फुटबलको दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्बेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको खेलमा नेपाल उज्बेकिस्तानसँग २-० गोल अन्तरले  पराजित भएको हो । पहिलो हाफमा १-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप एक गोल खाएको थियो । यता, उज्बेकिस्तानका लागि काराचिक लुडमिला र साफिना रुशानियाले महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

खेलको ३४ औँ मिनेटमा काराचिक लुडमिलाले गोल गर्दै उज्बेकिस्तानलाई सुरुवाती अग्रता दिलाउन सफल भइन् । लुडमिलाकै गोलबाट उज्बेकिस्तानले पहिलो हाफसम्म नेपाल विरुद्ध १-० को अग्रता बनायो । त्यसपश्चात्, खेलको दोस्रो हाफमा साफिना रुशानियाले निर्णायक गोल गर्दै उज्बेकिस्तानलाई जीत दिलाइन । उनले ५० औँ मिनेटमा गोल गर्दै खेल उज्बेकिस्तानको पक्षमा पर्न सफल भइन् ।

यस्तै, खेलको १४ औँ मिनेटमा कप्तान निरु थापा चोट बोक्दै मैदानबाट बाहिरिएकी थिइन् । उनको स्थानमा सरु लिम्बु मैदान प्रवेश गरेको थिइन् । नेपालले गोल गर्ने प्रयास गरे पनि गोल गर्न नसक्दा हार बेहोर्नु परेको हो ।

जितसँगै उज्बेकिस्तानले दुई खेलबाट ६ अङ्क जोडेको छ । नेपालको दुई खेलबाट ३ अङ्क रहेको छ । यसअघि पहिलो खेलमा नेपालले घरेलु टिम किर्गिस्तानलाई ८-२ गोल अन्तरले हराएको थियो । उज्बेकिस्तानले भने ताजकिस्तानलाई १२-० ले हराएको थियो ।  

अब प्रतियोगिताको अन्तिम खेलमा नेपालले मङ्गलवार ताजकिस्तानको सामना गर्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता सागको तयारीमा रहेको नेपालले अहिले नाडेज्दा कप खेली रहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x