कृषि विकास बैङ्कको विद्यार्थी सँग बैङ्क कार्यक्रम

Global Money Week को अवसरमा कृषि विकास बैङ्कले विद्यार्थी सँग बैङ्क कार्यक्रम सञ्चालन गरेको छ ।

सो सन्दर्भमा बैङ्कका उपमहाप्रबन्धक यज्ञ प्रकाश न्यौपाने उपस्थित भई कृषि विकास बैङ्क लि. गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको आयोजनामा  पूर्वी नवलपरासी जिल्लाको अमलटारी होमस्टे,रुपन्देही जिल्लाको धकधही र कपिलवस्तु जिल्लाको खनुवाकाविद्यालयका एघार र बार कक्षामा अध्ययनरत विद्यार्थिहरुलाई बैङ्कका उपमहाप्रबन्धकले वित्तीय साक्षरता कार्यक्रममा,वित्तीय साक्षरताका सम्बन्धमा बैङ्क, विद्युतीय बैंकिंग सेवा, बेलैमा बचत गर्ने बानीको विकास, कर्जा, निक्षेप, एजेन्सी सेवालगायत, बचतको महत्त्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा पालन, विद्युतीय बैंकिंग कारोबार गर्दा अपनाउन पर्ने सावधानीजस्ता विषय सम्बन्धमा जानकारी गराउनुका साथै आर्थिक समृद्धिका लागि परिवारका सदस्यहरूको भूमिका, आम्दानीको बढी अंश बचत गरेर उत्पादन मूलक क्षेत्रमा लगाउनु पर्ने बारे प्रकाश पार्नु भयो ।

उक्त कार्यक्रममा सम्बन्धित प्रदेशका प्रमुख र प्रबन्धकको उपस्थिति रहेको बैङ्कले बताएको छ ।

विश्व बैङ्कको आहावनमा यस वर्ष मार्च १८ देखि २४ सम्मलाई "Protect your money, protect your future" भन्ने नारा सहित Global Money Week को रूपमा बैङ्कले सबै प्रदेशमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x