२० वर्षदेखि सि.ए. को कक्षा सञ्चालन गरिरहेको, ICAN अन्तर्गत सि.ए. को सबै तहमा Highest Marks कायम गरेको र १००० + सि. ए. उत्तीर्ण गराउन सफल भैसकेको नेपालकै एक मात्र संस्था प्राइम सि.ए. ले आफ्नो २० औँ वार्षिकोत्सव भव्यताका साथ मनाएको छ ।
सो पावन अवसरमा चार्टर्ड एकाउन्टेन्सी शिक्षा तथा चार्टर्ड एकाउन्टेन्सी पेसासँग सम्बद्ध विभिन्न सङ्घ संस्थाहरूको पदाधिकारीहरू, विभिन्न कलेजका प्राचार्यहरू, स्कुल र कलेजका छाता सङ्गठनहरूको पदाधिकारीहरू, स्रोत व्यक्तिहरू, प्राइम सि.ए. का पूर्व तथा वर्तमान विद्यार्थीहरू माझ नेपाल प्रज्ञा प्रतिष्ठानको सभा हलमा प्राइम सि. ए. को उत्कृष्ट २० वर्षको यात्रालाई साझा गर्दै समृद्ध समाज र देश विकासमा सि.ए. शिक्षाको योगदान र महत्वलाई गहनताका साथ सम्पूर्ण अतिथिहरू समक्ष सम्प्रेषण गर्दै २० औँ वार्षिकोत्सव सम्पन्न गरेको छ।
सो अवसरमा संस्थाका कार्यकारी अध्यक्ष सि.ए. नवराज बुर्लाकोटीले अभिभावकहरूले गर्नु भएको विश्वास, विद्यार्थी भाइ बहिनीहरूको अथक प्रयास, गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीहरूलाई मार्गदर्शन गर्ने अनुभवी स्रोत व्यक्तिहरू, व्यवस्थापनका मेरुदण्डको रूपमा रहनु भएका कर्मचारीहरू, मार्ग निर्देशन प्रदान गर्नुहुने सञ्चालक समितिका पदाधिकारीहरू, माया र स्नेह प्रदान गर्नुहुने शेयरधनीहरु र प्राइम सि.ए. लाई सि.ए. शिक्षाको क्षेत्रमा नेपालकै अग्रणी संस्थाको रूपमा स्थापित गर्न अतुलनीय भूमिका खेल्नुहुने सबै सरोकारवालाहरूमा धन्यवाद ज्ञापन गर्नु भएको छ ।
उहाँले अगामी दिनहरूमा संस्थालाई थप सशक्त बनाउनका निम्ति नवीनतम प्रविधिको अधिकतम प्रयोग गर्दै समय सुहाउँदो शिक्षा प्रदान गर्ने प्रयासमा अनवरत लागि रहने बताउनु भयो । यसका साथै सम्पूर्ण सरोकारवालाहरूको अपेक्षालाई पुरा गर्न संस्था दत्तचित्त भएर लागि पर्ने कुरा व्यक्त गर्नु भयो ।
प्राइम सि. ए. ले भव्यताका साथ मनायो २० औँ वार्षिकोत्सव
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
