कक्षा १२ को परीक्षा वैशाख २१ बाटै सुरु हुने, भ्रामक सूचनामा नपर्न बोर्डको आग्रह


राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) यही वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म तोकिएको समयमै सञ्चालन हुने स्पष्ट पारेको छ।

बोर्डले परीक्षा सारिएको भन्दै सामाजिक सञ्जालमा फैलिएको भ्रामक सूचना र आफ्नो लोगो प्रयोग गरी प्रचार गरिएकोप्रति आपत्ति जनाएको छ। बोर्डका अनुसार यस्तो अनधिकृत प्रचारप्रति सावधानी अपनाउन र केवल आधिकारिक वेबसाइटमार्फत प्रकाशित सूचनालाई मात्र विश्वास गर्न सबैलाई अनुरोध गरिएको छ।

यसअघि नेपाल शिक्षक महासङ्घको आन्दोलनका कारण वैशाख ११ मा सुरु हुने भनिएको परीक्षा स्थगन गरिएको थियो। तर, पछिल्लो सहमति अनुसार अब परीक्षा तालिका अनुसार नै सञ्चालन हुने बोर्डले जानकारी दिएको छ।

बोर्डले सबै केन्द्राध्यक्ष, शिक्षक, कर्मचारी, सुरक्षा निकाय, अभिभावक र सञ्चारकर्मीहरूलाई परीक्षा मर्यादित, सुरक्षित र सफल ढङ्गले सम्पन्न गराउन सहयोग गर्न विशेष आग्रहसमेत गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x