अंग्रेजी र नेपाली फोनिक्स शिक्षणसम्बन्धी कार्यशाला

बौद्धिक समूह नेपाल (आईसीएन)ले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मिटारमा बाल शिक्षा तथा प्राथमिक शिक्षणसम्बन्धी तीनदिने कार्याशाला गोष्ठी गरेको छ । च्यास्मिटारभित्रका बाल शिक्षा तथा प्राथमिक तहका विद्यालयका प्रअ तथा शिक्षकलाई सहभागी गराएर अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्वन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको हो ।

च्यास्मिटार माबिमा आयोजना गरिएको कार्यशाला गोष्ठी सोमबार हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईको उपस्थितिमा समापन गरिएको छ । बाल शिक्षा तथा प्राथमिक तहमा अंग्रेजी र नेपाली फोनिक्स शिक्षण सम्बन्धी दक्षता विकासमा सघाउ पुर्‍याउनका लागि कार्याशाला गोष्ठी आयोजना गरिएको बौद्धिक समुह नेपालका अध्यक्ष भविन्द्रकुमार राईले बताए । 

कार्यशाला गोष्ठीमा वडाभित्रका बालविकास केन्द्र र प्राथमिक तहका १० विद्यालयका ३१ शिक्षक/शिक्षिकाको सहभागीता रहेको थियो । कार्यशाला अवधिभर अंग्रेजी र नेपाली ध्वनि र सोको शिक्षण विधिका बारेमा जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x