बालबालिकालाई थप सशक्तीकरण र सृजनशील बनाउन शनिवार आर्ट कार्यशाला हुँदै

नेपाल इन्टरनेट फाउन्डेसनले बालबालिकालाई थप सशक्तीकरण र सृजनशीलतालाई प्रेरित गर्न आर्ट कार्यशाला आयोजना गर्ने भएको छ ।

नेपाल इन्टरनेट फाउन्डेसनले जेठ ६ गते शनिवार काठमाडौँको बौद्धस्थित उत्पला क्याफेमा उक्त कार्यशाला आयोजना गर्न लागेको सो कम्पनीले बताएको छ ।

कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गर्ने सोही कम्पनीले जानकारी दिएको छ । इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ आयोजना गरिने यो कार्यशालामा बालबालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न सक्ने आयोजकको दाबी रहेको सो कम्पनीले जानकारी दिएको छ ।

‘बालबालिकाहरूलाई आफूलाई अभिव्यक्त गर्न र आफ्नो सिर्जनात्मक क्षमता पत्ता लगाउन सक्ने सकारात्मक र पालनपोषण गर्ने वातावरण उपलब्ध गराउने लक्ष्य राखेका छौँ,’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भन्नुभयो।

कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तीकरण गर्ने उद्देश्य रहेको उहाँको भनाइ छ । साथै उहाँले यसको समाचार प्रकाशन तथा प्रसारण गरिइदिनको लागि सम्पूर्ण मिडिया, समुदायका अगुवा, कला प्रेमीलाई सहभागी हुन अपिलसमेत गर्नुभएको छ ।

कोरोना महामारीकै बेला सुरु गरिएको नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो।

यसले कला र पेन्टिङमार्फत बालबालिकाभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने लक्ष्य राखेको आयोजकको भनाइ रहेको सो कम्पनीले बताएको छ। यो अभियानलाई निःशुल्क रूपमा वर्ल्डलिंक कम्युनिकेसनले इन्टरनेट प्रदान गरेको सो कम्पनीले जानकारी दिएको छ ।

हाल वर्ल्डलिंककै सहयोगमा बुढानीलकण्ठ नगरपालिकामा रहेका ३९ बालबालिकाको घरमध्ये २१ वटा बालबालिकाको घरमा निःशुल्क इन्टरनेट जडान गरेर उनीहरूको प्रतिभा र कलालाई निखार्ने काममा थप सहयोग पुगिरहेको आयोजकको दाबी रहेको सो कम्पनीले बताएको छ।

भोलि हुने कार्यशालामा सिद्धहस्त कलाकार तथा सल्लाहकारहरूले बालबालिकालाई सिकाउनेछन्, जसमा विभिन्न कला प्रविधि र माध्यमहरू हुनेछन् ।

उक्त कार्यशालामा सहभागी हुने तथा अतिथिहरूले १ हजारको टिकट खरिद गर्नुपर्ने सो कम्पनीले बताएको छ । चित्रकला, रेखाचित्र र स्क्र्याचलगायत कलात्मक अभिव्यक्तिका विभिन्न रूपहरू सिक्ने र प्रयोग गर्ने अवसर पाउने सोही कम्पनीले जानकारी दिएको छ ।

कार्यशालामा ५०० रुपैयाँ शुल्क तिरेर आफैले गरेको पेन्टिङ थप ५०० रुपैयाँ तिरेर घर समेत लैजान सकिने आयोजकले जनाएको छ ।

अन्यथा उक्त पेन्टिङलाई त्यहाँ दान दिनु पर्ने सो कम्पनीले जनाएको छ । सो पेन्टिङलाई आयोजकले बिक्री गरेर आएको रकम बालबालिकाका लागि इन्टरनेट पहुँचमा खर्च गर्ने सोही कम्पनीले बताएको छ ।

कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गर्नेछ जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँड्नेछन् ।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कसपलाई वर्ल्डलिंक, बुढानीलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x