नेपाल इन्टरनेट फाउण्डेसनको कला प्रदर्शनी तथा कार्यशाला सम्पन्न, अनलाइन आर्ट प्रतियोगिताको घोषणा

नेपाल इन्टरनेट फाउण्डेसनले आयोजना गरेको २ दिने कार्यक्रम ‘एक अभियान’ कला प्रदर्शनी र कार्यशाला सम्पन्न भएको छ । नेचर पेन्ट्स इन्भाइरोमेन्ट थिमसहित भदौ २ र ३ गतेसम्म ललितपुरको विकल्प आर्ट सेन्टरमा कला प्रदर्शनी र कार्यशाला सञ्चालन भएको थियो ।

कलाले समाजमा पार्न सक्ने गहिरो प्रभावलाई राम्रो काममा योगदान पुर्‍याउने उद्देश्यले एक अभियान सञ्चालन गर्दै आएको फाउन्डेसनकी कार्यक्रम संयोजक तजैना श्रेष्ठले जानकारी दिनुभयो ।

२ दिनसम्म सञ्चालनमा भएको एक अभियानमा करिब ८० जना सहभागी भएका थिए । सहभागीलाई प्रमाणपत्र समेत वितरण गरेको छ । सहभागीहरूले अनुभवी कलाकारहरूको नेतृत्वमा अन्तरक्रियात्मक कार्यशालाहरूमार्फत कलासँग प्रत्यक्ष संलग्न हुने अवसर पाएका थिए ।

२ दिने कार्यक्रमबाट सङ्कलन भएको रकम बाल आश्रमका बालबालिकालाई इन्टरनेटको पहुँचमा पुर्‍याउन खर्च गरिने श्रेष्ठको भनाइ छ ।

यसका साथै फाउण्डेसनले आइतबारदेखि अनलाइन आर्ट प्रदर्शनी तथा प्रतियोगिता सुरु गरेको छ । हरेक महिनाको अन्तिमसम्म अनलाइन माध्यमबाट आउने पेन्टिङ मध्ये एउटा पेन्टिङलाई उत्कृष्ट घोषणा गर्ने छ ।

पेन्टिङ एक अभियानको फेसबुक पेजबाट पेन्टिङ पठाउन सकिने छ । उत्कृष्ट पेन्टिङ छनौटका लागि बुढानिलकण्ड जेसिसका अध्यक्ष मोहन गुरुङको संयोजकत्वमा एक जना आर्टिस्ट प्रशिक्षक र नेपाल इन्टरनेट फाउण्डेसनको कार्यक्रम निर्देशकको समिति बनाएको छ ।

उत्कृष्टलाई प्रमाणपत्र र एक अभियानको टिसर्ट दिइने छ । अनलाइन प्रतियोगितामा कुनै पनि थिम, साइजमा जुनसुकै उमेर समूहकाले ड्रइङ, पेन्टिङ, स्केच पोटट्रेट, फोटोग्राफी, डिजिटल आर्ट, फल्क आर्ट, एब्सट्रयाक्ट, मधुवाणी, मोर्डन लगायत आफै बनाएको ‘आर्जिनल आर्ट’ पठाउन सक्ने छन् ।

कुनै पनि ब्याकग्राउण्डबिना आर्ट स्पष्ट हुनुपर्नेछ भने आर्ट होरिजन्टल्ली खिचेर पठाउनु पर्नेछ ।

हालसम्म काठमाडौँ उपत्यकामा आयोजना भइरहेको एक अभियान प्रदर्शनी र कार्यशाला अब काठमाडौँ बाहिर चितवन वा हेटौडामा गर्ने योजना रहेको फाउण्डेसनले जनाएको छ ।

एक अभियान नेपालका बाल आश्रममा इन्टरनेट पुर्‍याउन नेपाल इन्टरनेट फाउण्डेसनले सुरु गरेको हो । ३९ वटा बाल आश्रममध्ये अहिलेसम्म २१ वटामा इन्टरनेट पुर्‍याएको छ भने बाँकीमा पुर्‍याउने योजना रहेको कम्पनीले बताएको छ ।

सो कार्यक्रमको माध्यमबाट गुणस्तरीय शिक्षा, सभ्य काम र दिगो समुदायहरूलाई समेट्ने दिगो विकास लक्ष्यहरू (SDGs) ४, ८, र ११ सँग पङ्क्तिबद्ध गर्दै कला र प्रविधि बिचको सम्बन्ध बढाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

नेपाल इन्टरनेट फाउण्डेसन एउटा प्लेटफर्म सिर्जना गर्न उत्साहित छ जहाँ कलाको शक्तिलाई प्रविधिको पहुँचसँग मिसाएर, फाउण्डेसनले कला समुदाय र आवश्यकतामा परेकाहरूको जीवन दुवैमा दिगो प्रभाव पार्ने लक्ष्य राखेको कम्पनीले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x