
देशभरको असामान्य परिस्थितिका कारण त्रिभुवन विश्वविद्यालयले पठनपाठन छठ पर्वपछि मात्र सुरु गर्ने निर्णय गरेको छ। विश्वविद्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कार्तिक ११ गतेदेखि नियमित पढाइ सुचारु हुने जानकारी दिएको हो।
सूचना अनुसार भदौ २९, ३० र ३१ गते, असोज १, २ र ५ गते तथा कार्तिक ९ गतेसम्म विश्वविद्यालय अन्तर्गतका सबै कक्षाहरू स्थगित गरिनेछन्। "देशभर विद्यमान असामान्य अवस्थाका कारण नियमित कक्षा सञ्चालन असम्भव भएकाले, हिउँदे बिदाबाट कटौती गरी पठनपाठन तालिका मिलाइने निर्णय गरिएको हो," सूचनामा उल्लेख छ।
जेनजेड आन्दोलनपछि शैक्षिक संस्था ठप्प भएको पृष्ठभूमिमा त्रिविको निर्णय आएको हो। मुलुकभरका क्याम्पसहरू प्रभावित बनेकाले पढाइ फेरि सामान्य अवस्थामा फर्किन अझ केही समय लाग्ने देखिएको छ।
 
छठ पछि मात्र सुरु हुने त्रिविको पठनपाठन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                            
                                        
                                     
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                 
                                                                                            
                                        
                                     
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
 
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                             
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                             
         
             
     
    
 
     
     
     
                                                                                                                                             
                                                                                                                                             
                                                                                                                                                                                                 
                                                                                                                                             
                                                                                             
                                                                                                                                             
                                                                                                                                             
                                                                                             
                                                                                             
                                                                                             
                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                                                                 
                                                                                                 
                                                    
                                                                                                                                                 
                                                    
                                                                                                                                                 
            