बालबालिकाको सशक्तीकरण र सृजनशीलतालाई प्रेरित आयोजना गरिएको आर्ट कार्यशाला सम्पन्न

नेपाल इन्टरनेट फाउन्डेसनले बालबालिकालाई थप सशक्तीकरण र सृजनशीलतालाई प्रेरित गर्न आयोजना गरेको आर्ट कार्यशाला सफलता पूर्वक सम्पन्न गरेको छ ।

इन्टरनेट बालबालिकाका लागि हो भन्ने उद्देश्यका साथ शनिवार बौद्धस्थित उत्पला क्याफेमा आयोजना गरिएको कार्यशालामा प्रमुख अतिथिको रूपमा ई-आर्ट नेपालकी सह संस्थापक एरिना ताम्राकार रहनुभएको थियो ।

त्यस्तै विशिष्ट अतिथिको रूपमा उत्पला क्याफेका प्रबन्ध निर्देशक दिपक बोहोरा, हेल्प नेपालका संयोजक अरुण कुमार बस्नेत र काठमाडौँ महानगरपालिका वडा नं ७ का वडाध्यक्ष विमल कुमार होडा, शुभ श्री बाल उद्यान फोस्टर होमका स्वयं सेवक लगायतको सहभागिता रहेका थियो ।

कार्यशालामा बालबालिकाले आफ्नो प्रतिभालाई इन्टरनेटको प्रयोग गरेर उजागर गरेको सो कम्पनीले जानकारी दिएको छ। सो कार्यशालामा बालबालिकाले आफ्नो कलात्मक क्षमताहरू अन्वेषण गर्न सक्ने सीपहरू बढाउन सक्ने र कला सिर्जना गर्ने आनन्दको अनुभव गर्न पाएको आयोजकको दाबी छ ।

कार्यशालामा बोल्दै प्रमुख अतिथि ताम्राकारले कलाको निजी जीवन, सामुदायिक विकास र संवेदनशील बनाउनमा ठुलो भूमिका रहेको विषयमा जोड दिनुभएको थियो ।

कोरोना महामारीको बेला नेपालका अनाथ बालबालिकालाई सुरक्षित र निःशुल्क इन्टरनेट कार्यक्रम ‘एक अभियान’ को रूप हो ।

यसले गर्दा कला र पेन्टिङमार्फत बालबालिभित्र लुकेर रहेको अथाह प्रतिभा उजार गर्न मद्दत गर्ने र इन्टरनेटको प्रयोगबाट डिजिटल डिभाइड पनि सुधार हुने आयोजकको भनाइ रहेको सो कम्पनीले बताएको छ ।

‘कार्यशालामा सहभागिता अत्यधिक रूपमा भएकाले हामी अत्यन्तै खुसी छौँ । ’ नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी तजन्ना श्रेष्ठले भन्नुभयो ।

कला र शिक्षाको माध्यमबाट बालबालिकालाई सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको नेपाल इन्टरनेट फाउन्डेसनकी स्वयंसेवी कार्यक्रम संयोजक तजन्ना श्रेष्ठले बताउनुभयो ।

कार्यशालाले अन्तरक्रियात्मक सत्रहरू सञ्चालन समेत गरेको थियो, जहाँ बालबालिकाहरूले समुदाय र एकताको भावनालाई प्रेरित गर्न आफ्ना कथाहरू र अनुभवहरू बाँडेको सो कम्पनीले जनाएको छ ।

नेपाल इन्टरनेट फाउन्डेसनले आयोजना गरेको यस वर्कसपलाई वर्ल्डलिंक, बुढानीलकण्ठ जेसीआई, लजगा र उत्पला क्याफेको सहयोग रहेको सो कम्पनीले जानकारी दिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x