
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरेको छ। शुक्रवार साँझ बसेको बोर्ड बैठकपश्चात् सार्वजनिक नतिजा अनुसार कुल परीक्षार्थीमध्ये ६१.८१ प्रतिशतले ग्रेड प्राप्त गरेका छन्।
नतिजामा उत्कृष्ट प्रदर्शन गर्दै ३.६ देखि ४.० ग्रेड प्वाइन्ट एभरेज (GPA) हासिल गर्ने विद्यार्थीको सङ्ख्या ४८ हजार १७७ पुगेको बोर्डले जनाएको छ। बोर्डले सम्पूर्ण नतिजा आफ्नो आधिकारिक वेबसाइट र एसएमएस सेवा मार्फत हेर्न सकिने व्यवस्था गरेको छ।
एसईई नतिजा सार्वजनिक, उत्कृष्ट प्रदर्शन गर्दै ४८ हजारले ३.६ जिपिए पार गरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
