काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलियाबिच समझदारी पत्रमा हस्ताक्षर, नेपालमा प्राविधिक शिक्षाको स्तर वृद्धि गर्न सहकार्य गर्ने

काठमाडौँ टेक्निकल स्कुल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलियाबिच नेपालमा प्राविधिक शिक्षाको विकास तथा नेपाली विद्यार्थीहरूलाई विश्वव्यापी अवसर प्रदान गर्ने सम्बन्धी महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

शुक्रवार काठमाडौँ टेक्निकल स्कुलको सुकेधारास्थित कार्यालयमा भएको विशेष कार्यक्रममा काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष मनोज पौडेल र क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत दिपक खड्काले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सो समझदारीपछि काठमाडौँ टेक्निकल स्कुलले क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलियाको प्राविधिक विशेषज्ञता र अनुभवमार्फत नेपाली विद्यार्थीहरूलाई विश्वस्तरीय प्राविधिक शिक्षामा पहुँच प्रदान गरेर नेपालको शैक्षिक गुणस्तरमा व्यवहारिक परिवर्तन ल्याउने छ ।

उक्त अवसरमा बोल्दै काठमाडौँ टेक्निकल स्कुलका अध्यक्ष पौडेलले सो साझेदारीमार्फत नेपाली विद्यार्थीलाई अहिलेको प्रतिस्पर्धात्मक युगमा उत्कृष्टता हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित पार्दै दक्ष जनशक्ति उत्पादन गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

क्राउन इन्स्टिच्युट अफ विजनेस एण्ड टेक्नोलोजी, अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत खड्काले काठमाडौँ टेक्निकल स्कुलमार्फत आफ्नो विशेषज्ञता र अनुभव नेपाल ल्याउन पाएकोमा खुसी व्यक्त गर्दै नेपाली विद्यार्थीहरूलाई आवश्यक सैद्धान्तिक तथा व्यवहारिक ज्ञानमार्फत दक्ष र सीपयुक्त बनाउन आफूहरूको सहकार्य भएको स्पष्ट पार्नुभयो ।

हस्ताक्षर समारोहमा आइएलओ नेपालका राष्ट्रिय परियोजना संयोजक प्रकाश शर्मा, काठमाडौँ टेक्निकल स्कुलका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x