निःशुल्क आँखा शिविरबाट दुई सय बढी लाभान्वित

जिल्लाको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिवार सम्पन्न निःशुल्क आँखा शिविरमा दुई सय १५ जनाले सेवा लिएका छन् । ज्यामरुककोट सानालेख स्थित लेख साइड युवा क्लबले भकुन्डेमा आयोजना गरेको शिविरको स्थानीय ९९ वर्षीय जमानसिंह घिमिरेको आँखा परीक्षण गर्दै बागलुङका नेत्र रोग चिकित्सक सुजनराज पाण्डेले शिविरको उद्घाटन गर्नुभएको थियो ।

सिद्धार्थ आँखा उपचार तथा चस्मा घर बागलुङले प्राविधिक सहयोग गरेको उक्त शिविरमा ९० जना बिरामीलाई निःशुल्क चस्मा वितरण गरिएको क्लबका अध्यक्ष ध्रुव थापाले जानकारी दिनुभयो । शिविरमा स्थानीय वृद्ध वृद्धादेखि अशक्त, अपाङ्गता भएका, बालबालिका तथा वयस्क सबै उमेर समूहका मानिसको नेत्र परीक्षण एवं उपचार गरिएको उहाँले बताउनुभयो । शिविरमा ज्यामरुककोटको गौश्वारा, सानालेख, तमाने, भकुन्डे, फापरखेत र खवरा क्षेत्रबाट बिरामी आएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x