लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड (एलएस क्यापिटल) र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) बिच एनआईआईएफको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)का लागि एडभाइजरी सेवा प्रदान गर्ने विषयमा समझदारी भएको छ । सोसम्बन्धी समझदारी पत्र (एमओयू)मा लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डका कार्यकारी अध्यक्ष डा. मनिष थापाले हस्ताक्षर गर्नुभएको हो ।
कम्पनीका अनुसार ग्लोबल इक्विटी फन्ड लिमिटेड (जीईएफ)ले स्थापना गरेको नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्ड (एनआईआईएफ) नेपालका बीमा कम्पनीहरूको स्थायी लगानी उपकरण हो । यो कृषि, स्वच्छ ऊर्जा र स्वच्छ टेक, पर्यटन, आइसिटी, स्वास्थ्य सेवा र उत्पादनमूलक क्षेत्र केन्द्रित लगानी उपकरण हो । २९ कात्तिक २०७९ मा दर्ता भएको एनआईआईएफले २०८० माघ ५ मा पहिलो लगानी गरेको थियो । यसको अधिकृत पुँजी १५० करोड रुपैयाँ र जारी पुँजी १२० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत प्रारम्भिक सार्वजनिक निष्कासनका लागि छुट्ट्याएको छ ।
लक्ष्मी सन्राइज क्यापिटल (एलएस क्यापिटल) लक्ष्मी सन्राइज बैङ्क लिमिटेडको पूर्ण स्वामित्व भएको कम्पनी हो । लक्ष्मी क्यापिटल र सन्राइज क्यापिटल मर्ज भई बनेको लक्ष्मी सन्राइज क्यापिटलसँग मर्चेन्ट बैङ्किङको बलियो जग छ । अनुमतिप्राप्त मर्चेन्ट बैंकरको रूपमा एलएस क्यापिटलले मर्चेन्ट र इन्भेस्टमेन्ट बैंकिङसम्बन्धी थुप्रै सेवा प्रदान गर्छ । ३० वर्षभन्दा बढीको अनुभवी एलएस क्यापिटल विविध वित्तीय सेवा प्रदान गर्ने नेपालको नेतृत्वदायी मर्चेन्ट बैङ्कहरूमध्ये एक हो ।
 
लक्ष्मी सन्राइज क्यापिटल र नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फन्डबिच समझदारी
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    