शर्मा परिवारमा शोक

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्मा तथा सञ्चालक शिवप्रसाद शर्मालाई पितृ शोक परेको छ । उहाँहरुका बुबा डिल्लीराम शर्माको ७९ वर्षको उमेरमा सोमबार राति पोखरामा उपचारका क्रममा निधन भएको हो । मङ्गलवार निजी निवास, पोखरा औद्योगिक क्षेत्रबाट राम घाटसम्म शव यात्रा गरी सेती नदी किनार राम घाटमा हिन्दु परम्पराअनुसार उहाँको अन्तिम संस्कार गरिएको थियाे ।

पर्वत, फलेवास स्थायी घर भई हाल पोखरा १o, औद्योगिक क्षेत्र निवासी स्व. डिल्लीराम शर्माका श्रीमती, तीन छोरा र पाँच छोरीहरु हुनुहुन्छ । शिक्षा सेवी एवं समाजसेवी व्यक्तित्व शर्माले श्री जनता माध्यमिक विद्यालय पर्वत फलेवासमा संस्थापक प्रधानाध्यापक, फलेवास क्याम्पसमा व्यवस्थापन समितिको अध्यक्ष एवं पाँच वर्षसम्म पर्वत बहुमुखी क्याम्पसमा सञ्चालक समितिको अध्यक्ष रही जिम्मेवारी समेत सम्हाल्नु भएको थियो । शैक्षिक समुदायमा एक प्रखर विश्लेषक एवं कुशल नेतृत्वदायी तथा व्यवस्थापकीय क्षमता भएका शर्माले शिक्षण पेसामा आफ्नो जीवनको ४२ वर्ष व्यतीत गर्नुभएको थियाे।

शर्मा दम्पतीका जेठा छोरा सन्जु शर्मा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा अन्तर्गत स्वास्थ्य अधिकृतको रूपमा कार्यरत छन् भने रामचन्द्र शर्मा माइला छोरा हुन् उनी बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेड र आरकेडी होल्डिंग्स लिमिटेडका अध्यक्ष साथै बिहानी बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष हुन् । त्यस्तै शर्माका कान्छा छोरा शिव प्रसाद शर्मा आरकेडी होल्डिंग्स समूह अन्तर्गतका कम्पनीहरूको गभर्नरको हैसियतमा कार्यरत छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x