भर्खरै बलिउड मुभी “टासी” को सुटिङले गर्माएको पर्यटकीय एवं सांस्कृतिक ग्राम बन्दिपुरमा अवस्थित गढीदेव क्षेत्रमा नेपालको सब भन्दा अग्लो आदि योगी शिवजीको  १०८ फिट अग्लो विराट प्रतिमा निर्माण हुने भएको छ । ४० करोड रुपैयाँ भन्दा बढीको लगानीमा आकर्षक आदी योगी पार्क सहितको  विशाल प्रतिमा निर्माण गर्ने सम्पूर्ण तयारी गरिएको छ ।
“आदी योगी प्रज्ञा धाम” नामक संस्थाले सुसंस्कृत ज्ञानवर्धक क्रियाकलापको माध्यमबाट आध्यात्मिक सचेतनाद्वारा सामाजिक उद्यमशीलताको प्रवर्द्धन र विकास गर्ने लक्ष्य राखेको छ । यसले आध्यात्मिक शक्तिको महत्त्व बोध गराउँदै, शान्तिप्रिय, आध्यात्मिक, रूपान्तरणमुखी र ज्ञान केन्द्रित सारलाई आत्मसात् गर्दछ । आध्यात्मिक जागरण, आत्मिक रूपान्तरण र प्रज्ञा दिव्य ज्ञानको मार्गदर्शनद्वारा व्यक्तिहरूलाई आत्म साक्षात्कार र परम चेतनाको अनुभूतिमा पुर्याउने हो। सनातन ज्ञान, ध्यान र सेवाको माध्यमले मानिसहरूलाई आन्तरिक शान्ति, सार्थकता र दिव्य प्रेमको अनुभूति गराउँदै, आदि योगी प्रज्ञा धामले एउटा ज्ञानमय, प्रेमपूर्ण र आध्यात्मिक रूपमा जागरूत् समाजको निर्माण गर्न खोज्दछ । यसले प्रत्येक व्यक्तिले आफ्नो दिव्य स्वरूप पहिचान गरी जीवनको उच्चतम उद्देश्य प्राप्त गर्न सक्ने वातावरण बनाउने छ । सत्यको ज्ञान, आत्मिक अनुशासन र निःस्वार्थ सेवा नै मानव जातिलाई अन्धकारबाट प्रकाशतर्फ लैजाने मार्ग हो । दिव्य चेतना र आन्तरिक ज्ञानले रूपान्तरण, सन्तुलन र उच्च उद्देश्यतर्फको मार्गलाई जागरूक गर्ने पवित्र ज्ञान रणस्थल बन्ने दिशा निर्धारण गर्दै, नेपालको धार्मिक र पर्यटन प्रवर्द्धन गरी ग्रामीण विकासको आधारशिला तयार गरी सामाजिक एवम् आर्थिक रूपान्तरण गर्न सक्ने बृहत्तर प्लेटफर्म तयार गर्ने पहलको रूपमा  यसको निर्माण कार्य अगाडी बढाइ सकिएको छ । आदी योगी प्रज्ञा धामले आरकेडी समूह र बन्दिपुर केबलकार समूहको प्रारम्भिक निर्माण सहयोगमा यति ठुलो धनराशिको परियोजनामा निर्माण गर्न लागेको छ ।
बहू प्रतीक्षित यस आदि योगी पार्क परियोजनामा आकर्षणको रूपमा रहने कुराहरू
केबलकार सँगैको बन्दीपुरको सुन्दर स्थान बन्दिपुर गढीको शिरमा १०८ फिट अग्लो विराट अदीयोगीको प्रतिमा रहनेछ । प्रतिमाको गर्भभित्र शास्त्रीय मान्यता अनुरूपको विशेष गर्व गृह रहनेछ । गर्व गृह सँगै ९ फिट अग्लो  १३ फिट लम्बाइको कामु धेनु गाई र गाईले ५ फिट अग्लो ज्योतिर्लिङ्ग आफ्नो थुनबाट प्रत्यक्ष दूध चढाई रहनेछ । विशेष गर्व गृह सामुन्ने आकर्षक नन्दी रहनेछ । विशेष गर्व गृह वरिपरि भगवान् शिवका अवतारहरू, हनुमान, रुद्रावतार, रामायणकालीन महान् भक्त र शक्तिशाली सेनानी, दुर्वासा ऋषि, क्रोधी स्वभावका तपस्वी जसले देवताहरूलाई पनि श्राप दिन्थे, अश्वत्थामा महाभारतका महान् योद्धा जो अमर छन्, भैरव शिवको उग्र रूप जसले ब्रह्माजीको पाँचौँ शिर काटेका थिए, कालभैरव समय र मृत्युको देवता, शिवको अत्यन्तै भयानक अवतार, गृह पति अवतार शिवले एक ब्राह्मणको घरमा सेवकको रूपमा अवतार लिएका थिए, पिप्पलाद अवतार शनिदेवलाई श्राप दिने ऋषि, नटराज नृत्यको देवता, जो सृष्टि, स्थिति र संहारको प्रतीक हो। यसै गरी महत्त्वपूर्ण रूपहरू अर्ध नारीश्वर शिव–पार्वतीको संयुक्त रूप, वीरभद्र दक्ष यज्ञ ध्वंस गर्न आएको शिवको क्रोधित रूप, लिङ्ग रूप -निराकार ईश्वरको प्रतीक, शरीरिकर जगतका तत्त्वहरूको निर्माण र व्यवस्थापन गर्न शिवको ध्यानयुक्त अवतार, ऋषि अष्टावक्र शरीर टेढो भए पनि अत्यन्तै ज्ञानी शिवका अवतारी रूपका रूपमा मानिन्छ, साध्याजी योग र साधनाको प्रतीक, ध्यान स्थ रूप, यति नाथ संन्यास आश्रम र त्यागको प्रतीक, आत्म बोधको मार्ग देखाउने अवतार, अवतारीश्वर शैव तन्त्र अनुसार विविध लीलाहरू गर्ने अद्भुत रूप भगवान् शिवका यी अवतारहरूले उनको विविधता, शक्ति र लीलाहरूको प्रतिनिधित्व गर्ने गरी प्रतिमा रहनेछन् । सब भन्दा बाहिरी घेरामा १०८ वटा आकर्षक सहर्ष धारा रहने छन्, ती धाराबाट १०८ वटा आकर्षक  शिव लिङ्गमा  जल अर्पित भइरहनेछ । त्यो जल अन्य धाराहरूबाट जमिनमा झर्ने व्यवस्था गर्ने गरी डिजाइन गरिएको छ । त्यो जलधाराबाट पवित्र स्नान गर्न मिल्नेछ । मुख्य ज्योतिर्लिङ्ग प्रवेश गर्ने ४ ढोकाहरू रहने छन् । १ मुख्य पुजारी रहनेछन् र अन्य सहायक पुजारी रहनेछन् । विशाल आदी योगी प्रतिमा बाहिर वरिपरि योग ध्यान शिविर रहनेछ भने राती आकर्षक  लाईटिङ्ग सो मार्फत शिव जी को वास्तविक  लीला प्रदर्शन  गर्न मिल्ने गरी अत्याधुनिक लाईटिङ प्रणाली समेत जडान गरिनेछ ।
यस परियोजनाले वन्दीपुरलाई धार्मिक पर्यटनको उपयुक्त गन्तव्य बनाउन र साक्षात् खड्गरूपी खड्गदेवी मन्दिरको महिमाको प्रचार प्रसारमा टेवा पुर्याउन सक्ने भएकोले  आरकेडी समूह, बन्दिपुर समूह र बन्दिपुर स्काईवाक एण्ड रिक्रियसन प्र.लि.ले प्रारम्भिक रूपमा आदी योगी प्रज्ञा धामको लागि ४० करोड रुपैयाँ बराबरको पूर्वाधारहरू निर्माण गर्न पाँच वर्षमा फिर्ता पाउने गरी सापटी लगानी गर्ने सहमति भएको आरकेडी–बन्दिपुर समूहका अध्यक्ष रामचन्द्र शर्माले बताउनुभयो ।आगामी ढाईवर्ष भित्र आदी योगी पार्क सम्पन्न गरी भक्तजन एवं पर्यटकहरूको लागी खुल्ला गरिने आदी योगी प्रज्ञा धामले जनाएको छ । मूर्ति निर्माण,फाउन्डेसन निर्माण जग्गा प्राप्ति लगायतका सबै कार्यहरू सम्पन्न भएको धामका सदस्य पोस्ट बहादुर खड्काले बताउनुभयो। आदी योगी पार्क जान पृथ्वी राजमार्ग केबलकार चोक देखि ७ मिनेटको रोमाञ्चक केबलकार यात्रा गरी पुग्न सकिने छ । सवारी साधन बाट जाने हो भने ५५ मिनेटको उकाली यात्रा गरेपछि पुग्न सकिने छ ।
आदी योगीको १०८ फिट अग्लो प्रतिमा वन्दीपुरमा बन्दै
                                यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                            
                                        
                                    
                                                                                            
                                            0%
                                            
                                                
                                                                                                
                                                                                            
                                        
                                    
                                                                                            प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
                                                                                                                    Nepal Telecom
                                                                     01-4210283
                                                                
                                                                
                                                                     Bhadrakali Plaza, Kathmandu Nepal
                                                                
                                                                
                                                                     https://www.ntc.net.np/
                                                                
                                                            
                                                                                                                    Ncell Axiata Limited
                                                                     +977 980 555 4444
                                                                
                                                                
                                                                     Lainchaur, Kathmandu
                                                                
                                                                
                                                                     https://www.ncell.axiata.com/en
                                                                
                                                            
        
            
    
    