एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको आधारमा १४ प्रतिशत नगद लाभांश (बोनसमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको हो।
हाल बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार २६८ रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण गरिने बैंकले जनाएको छ।
एभरेष्ट बैंकद्वारा २० प्रतिशत लाभांश घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
