एसवाई प्यानल नेपाल लिमिटेडले भदौ २९ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर खुला गर्न लागेको हो।
कम्पनीले कुल ५२ लाख ३२ हजार ५४८ कित्ता सेयरमध्ये उद्योग प्रभावित स्थानीयका लागि २ लाख ६१ हजार ६२९ कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४ लाख ९७ हजार ९२ कित्ता, कर्मचारीका लागि १ लाख ४९ हजार १२७ कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ४८ हजार ५४६ कित्ता छुट्टाएको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला हुनेछ।
यस आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन असोज १२ गतेसम्म र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि असोज १ गतेसम्म रहनेछ। प्रभु क्यापिटल लिमिटेड यस आइपिओको बिक्री प्रबन्धक रहेको छ।
एसवाई प्यानल नेपालले भदौ २९ गतेदेखि आइपिओ निष्कासन गर्दै

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%

0%

0%

0%

0%

0%
