
बैङ्किङ प्रणालीमा अत्यधिक तरलता थुप्रिँदै गएपछि नेपाल राष्ट्र बैङ्कले २५ अर्ब रुपैयाँ बराबरको नेपाल राष्ट्र बैङ्क ऋणपत्र निष्कासन गरेको छ। केन्द्रीय बैङ्कले एक वर्ष अवधिको उक्त ऋणपत्र बोलकबोलमार्फत जारी गरेको हो।
राष्ट्र बैङ्कका अनुसार निष्कासित ऋणपत्रको नाम “नेपाल राष्ट्र बैङ्क ऋणपत्र २०८३ ‘ग’” रहेको छ। यस ऋणपत्रको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ भने साँवा भुक्तानी २०८३ पुस २० गते हुनेछ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा गरिने जनाइएको छ।
ऋणपत्रमा एकल वा बहु ब्याजदर दुवै माध्यमबाट बोलकबोल गर्न सकिने व्यवस्था गरिएको छ। यसमा वाणिज्य बैङ्क, विकास बैङ्क तथा फाइनान्स कम्पनीहरूले सहभागिता जनाउन पाउने छन्।
बोलकबोल मार्फत प्राप्त प्रस्तावहरूलाई न्यून ब्याजदरदेखि उच्च ब्याजदरको क्रममा मिलाई आह्वान गरिएको रकम वा समितिले तोकेको सीमासम्म स्वीकार गरिनेछ। सो प्रक्रियाबाट कायम हुने ब्याजदरलाई एकल ब्याजदर मानी, सो दर वा सोभन्दा कम ब्याजदरमा प्रस्ताव गर्ने संस्थालाई ऋणपत्र बाँडफाँट गरिने राष्ट्र बैङ्कले जनाएको छ।
यस अघि पनि केन्द्रीय बैङ्कले अतिरिक्त तरलता व्यवस्थापनका लागि पुस १६ गते २५ अर्ब रुपैयाँको एक वर्षे नेपाल राष्ट्र बैङ्क ऋणपत्र निष्कासन गरेको थियो।
अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्क द्वारा २५ अर्बको ऋणपत्र निष्कासन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
