घोराही सिमेन्टको ४ करोड भन्दा बढी कित्ता शेयरको लकइन असार अन्त्यमा खुल्ने

Gyanmandu | Achieving Excellence Together
घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको ४ करोडभन्दा बढी कित्ता शेयरको लकइन अवधि आगामी असार ३१ गतेबाट समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै सम्बन्धित शेयरधनीहरूले उक्त शेयर दोस्रो बजारमा कारोबार गर्न सक्नेछन्।

कम्पनीका अनुसार कुल ४ करोड ३ लाख १८ हजार १११ कित्ता शेयरको लकइन अवधि समाप्त हुन लागेको हो। यस मध्ये संस्थापक समूहको ४ करोड १ लाख ९५ हजार ६३४ कित्ता, उद्योग प्रभावित स्थानीय बासिन्दाको २४ हजार ७०५ कित्ता तथा कर्मचारी समूहको ९७ हजार ७७२ कित्ता शेयर समावेश छन्।

धितोपत्र सम्बन्धी प्रचलित व्यवस्थाअनुसार आइपिओ बाँडफाँट भएको मितिदेखि संस्थापक, आयोजना वा उद्योग प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीको शेयर तीन वर्षसम्म लकइनमा राख्नुपर्ने प्रावधान रहेको छ। सोही व्यवस्था अनुसार रोक्का रहेको शेयर अब कारोबारका लागि खुला हुन लागेको हो।

यद्यपि, कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको शेयर भने नियामकीय व्यवस्था अनुसार सम्बन्धित पदमा रहुन्जेल वा तोकिएको अवधि पूरा नभएसम्म रोक्का नै रहने कम्पनीले जनाएको छ।

बजारमा एकै पटक ठुलो परिमाणमा शेयर कारोबारका लागि उपलब्ध हुने भएकाले लकइन खुल्ने घटनाले कम्पनीको शेयर आपूर्ति तथा बजार गतिविधिमा केही प्रभाव पार्न सक्ने विश्लेषण गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x