दिवाकर गोल्छा अर्गनाइजेशनले आफ्ना संस्थापक स्वर्गीय दिवाकर गोल्छाको ७२औँ जन्म जयन्ती तथा संस्थापक दिवस विभिन्न सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम आयोजना गरी मनाएको छ।
औद्योगिकीकरण र उद्यमशीलताको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्याएका तथा प्रवल गोरखा दक्षिण बाहुबाट सम्मानित स्वर्गीय दिवाकर गोल्छाको दूरदर्शिता, देश निर्माणप्रतिको समर्पण र स्वदेशमै रोजगारी सिर्जना गर्ने सोचलाई स्मरण गर्दै प्रत्येक वर्ष संस्थापक दिवस मनाउने परम्पराअनुसार यस वर्ष पनि विशेष कार्यक्रम आयोजना गरिएको अर्गनाइजेशनले जनाएको छ।
अर्गनाइजेशनका अनुसार काठमाडौँस्थित कर्पोरेट कार्यालय, उद्योगका उत्पादन स्थल तथा अन्य शाखा कार्यालयहरूमा विभिन्न कार्यक्रम सम्पन्न भएका छन्। सामाजिक उत्तरदायित्वअन्तर्गत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, उत्कृष्ट कर्मचारी सम्मान तथा पुरस्कार वितरण, वृक्षारोपण, विद्यालय तथा वृद्धाश्रममा भोजन वितरण र कीर्तिपुर अस्पताललाई डायलाइसिस उपकरण हस्तान्तरण गरिएको छ।
अर्गनाइजेशनले स्वर्गीय दिवाकर गोल्छाको औद्योगिकीकरण र रोजगारी विस्तारको परिकल्पनालाई निरन्तरता दिँदै देशका विभिन्न स्थानमा कर्कट जस्तापाता तथा पाइप, जुट, चिनी, खाद्यान्न, एल्युमिनियम, स्टिल युटेन्सिल, जीआई, कपर वायर तथा इलेक्ट्रोनिक्स सामग्री उत्पादन गर्ने उद्योगहरू सञ्चालन गर्दै आएको जनाएको छ। ती उद्योगमार्फत करिब २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन्।
नेपालको पहिलो स्टिल उद्योगका रूपमा स्थापित हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले ४५ वर्षदेखि गुणस्तरीय कर्कट जस्तापाता स्वदेशमै उत्पादन गर्दै देशको औद्योगिक विकास, अर्थतन्त्र तथा रोजगारी सिर्जनामा उल्लेखनीय योगदान पुर्याउँदै आएको अर्गनाइजेशनले जनाएको छ।
यसै गरी, दिवाकर गोल्छा फाउन्डेसनमार्फत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा कार्यरत विभिन्न सङ्घसंस्थालाई आर्थिक सहयोगसहित विविध सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी पनि अर्गनाइजेशनले दिएको छ।
दिवाकर गोल्छा अर्गनाइजेशनद्वारा संस्थापक दिवसमा सामाजिक उत्तरदायित्व कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
प्रतिकृया दिनुहाेस्
सम्बन्धित शिर्षक
Directories
Nepal Telecom
01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/
Ncell Axiata Limited
+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
