एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग NIC ASIA MoBank एप, Website, iServe र Internet Banking Ncell मा निःशुल्क चलाउन सकिने





ज्ञानमाण्डू। एन आई सी एशिया बैंकले डिजिटल बैंकिङ्गको प्रबद्र्धन गर्नका लागि आफ्नो मोबाइल बैंकिङ्ग (NIC ASIA MoBank) एप, Website, iServe तथा Internet Banking मा देशको निजी क्षेत्रको सबैभन्दा ठूलो मोबाइल सेवा प्रदायक कम्पनी Ncell मा निःशुल्क चलाउन सकिने सुविधा ल्याएको छ । यससुविधा मार्फत यस बैंकका ग्राहक महानुुभावहरूले Ncell को डाटा प्रयोग गरी निःशुल्क सुविधाहरूको प्रयोग निम्नलिखित सेवाहरू उपभोग गर्न पाउनेछन् ।

NIC ASIA MoBank एपमार्फत अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, आन्तरिक रेमिट्यान्स पठाउने एवम् बुझ्ने, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउने, मोबाइल टपअप, युटिलीटि बिल भुक्तानी, क्यूआर भुक्तानी, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्य्राकिङजस्ता सुविधाहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ । साथै, विभिन्न कम्पनीहरूले जारी गर्ने प्रारम्भिक शेयर (आईपीओ) मा पनि मोब्यांकमार्फत आवेदन दिन सकिनेछ । प्रयोगकर्ताले कार्डबिनै एटीएमबाट नगद रकम झिक्न सकिने सुविधा र एपमा रहेको कस्टुमर केयरबाट ग्राहकको समस्या र जिज्ञासा समाधान गरिने बैंकले जानकारी दिएको छ ।

iServe मार्फत ग्राहकहरूले मोबाइल बैंकिङ्ग सेवाहरू ९नयाँ आवेदन, अनब्लक, ब्लक तथा पिन÷पासवर्ड रिसेट०, ग्राहक सम्बन्धी सेवाहरू ९ब्यालेन्सको जानकारी, चेक बुक आवेदन, ब्यालेन्स सर्टिफिकेट आवेदन, एकाउन्ट स्टेटमेन्ट आवेदन, मर्चेन्ट आवेदन, मेरो शेयर तथा सिआरएन आवेदन, बचत योजना परिवर्तन र टेलर सेवाहरू ९नगद तथा चेक डिपोजिट भौचर भर्ने० र कार्ड सम्बन्धी सेवाहरू ई–कमर्श दर्ता, कार्ड ब्लक, कार्ड आवेदन, प्रिपेड डलर कार्ड आवेदन, डेबिट कार्ड रिप्लेस्मेन्ट आवेदन र इन्स्टा बाइ सुविधा प्राप्त गर्नेछन् ।

Website बाट अनलाइन खाता र आईपीओ आवेदन, कर्जा प्रतिफल हिसाबकिताब, ईएमआई हिसाबकिता लगायत अन्य सेवासुविधाबारे जानकारी उपलब्ध हुने बैंकले जनाएको छ । बैंकका पछिल्ला योजनाहरू र सूचनालगायत बैंकले राख्ने विभिन्न वित्तीय विवरणहरूबारे पनि वेभसाइटबाट जानकारी लिन सकिनेछ ।
Internet Banking का माध्यमबाट अन्तरबैंक रकम स्थानान्तरण, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी लगायतका सुविधाहरू उपभोग गर्न सकिनेछ ।

यस बैंकले ग्राहक महानुभावहरूको सुविधा एवं डिजिटल बैंकिङ्गमा ग्राहक महानुभावहरूलाई अभ्यस्त पार्ने उद्देश्यअनुरुप ल्याएको यस निःशुल्क NIC ASIA MoBank एप, Website, iServe तथा Internet Banking प्रयोग सुविधा Ncell का ग्राहकहरूलाई उपलब्ध हुने बताएकाे छ ।


एनआईसी एसिया बैंकले देशभर ३५८ शाखा कार्यालय, ४७३ एटीएम, ७० वटा विस्तारित काउन्टर एवम् ८१ वटा शाखारहित बैंकिङ्गमार्फत सेवा प्रदान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x