सबैको लघुवित्तले चैत १४ गते डाक्यो एजीएम, , बुक क्लोज कहिले ?

ज्ञानमाण्डू।सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत १४ गते, शनिबारका दिन वार्षिक साधारण सभा गर्ने भएको छ । लघुवित्तको सो सभा बिहान ११ बजे पश्चात् मर्स्याङ्दी रिभर भ्यु रिसोर्ट, बन्दिपुर, तनहुँमा आरम्भ हुने लघुवित्तले जानकारी दिएको छ। लघुवित्तको फागुन १६ गतेका दिन बसेको सञ्चालक समितिको ८२ औँ बैठकले गरेको निर्णय अनुसार उक्त सभाको मिति तय भएको हो ।

सो सभाले गत आर्थिक वर्षको अन्त्यसम्म कायम चुक्ता पूँजीको १० दशमलव ५० प्रतिशत बोनस शेयर र शुन्य दशमलव ५५ प्रतिशत नगद लाभांश(कर प्रयोजनार्थ) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसैगरी विशेष प्रस्तावहरुमा अन्य लघुवित्त वित्तीय संस्थाहरुले एक आपसमा गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई अधिकार प्रत्यायोजन गर्ने, केन्द्रिय कार्यालय स्थानान्तरण गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारणसभा प्रयोजनका लागि लघुवित्तले यही फागुन २८ गतेदेखि चैत १४ गतेसम्म बुक क्लोज गर्ने जानकारी दिएको छ। यस अर्थ फागुन २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा   सहभा गिता जनाउन तथा प्रस्तावित  लाभांश पाउन योग्य हुनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x