प्रोग्रेशिभ फाइनान्सको लाभांश प्रस्ताव, कति दिँदै छ बोनस र नगद ?



ज्ञानमाण्डू।प्रोग्रेशिभ फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल पौष १ गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आ. व.२०७७/०७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको कुल ७.३६८४ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

फाइनान्सको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजी ८० करोड १ लाख रुपैंयाको ७ प्रतिशतले हुन आउने ५ करोड ६० लाख ७ हजार रुपैँया बराबरको बोनस शेयर र सोहि पूँजीको ०.३६८४ प्रतिशतले हुन आउने २९ लाख ४७ हजार ७३६ रुपैंया ८४ पैसा बराबरको नगद लाभांश(कर प्रयोजनार्थ) आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने प्रोग्रेशिभ फाइनान्स लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश कम्पनीले आफ्ना शेयरधनिहरु माझ वितरण गर्ने लागेको प्रथम लाभांश हो। 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x