कृषि विकास बैङ्कको आकर्षक लाभांश प्रस्ताव, हेर्नुहोस् कति दिँदै छ बोनस र नगद लाभांश


ज्ञानमाण्डू।कृषि विकास बैङ्क लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल पौष १ गते, बिहीबारका दिन बसेको सञ्चालक समितिको ९३७ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको सञ्चित वितरणयोग्य मुनाफाबाट हाल कायम शेयरधनीहरुलाई २१.०५२६ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

बैङ्कको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको सञ्चित मुनाफाबाट कायम चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र १.०५२६ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश (कर प्रयोजनार्थ समेत ) गरी जम्मा २१.०५२६ प्रतिशत लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

यसका साथै सञ्चालक समितिको बैठकले नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार शेयर पुँजीमा समेत वाषिक ६ प्रतिशतले हुन आउने रकम बराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ। 

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैङ्क र कम्पनीको आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले प्राप्त गर्ने कृषि विकास बैङ्क लिमिटेडले जानकारी दिएको छ ।

प्रस्तावित लाभांश गत वर्षको तुलनामा बढेको छ । आर्थिक वर्ष २०७६/७७ मा कृषि विकास बैङ्क लिमिटेडले चुक्ता पुँजीको १५ प्रतिशतले हुन आउने रकम बराबरको बोनस शेयर र ०.७८९५ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप आफ्ना शेयरधनीहरुलाई वितरण गरेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x