१९ जीवन बीमा कम्पनीहरूले आर्जन गरे ३७ अर्ब अधिक बीमा शुल्क, नेपाल लाइफको सङ्कलन झन्डै १० अर्ब


ज्ञानमाण्डू। चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा नेपालमा हाल सञ्चालनमा रहेका कुल १९ जीवन कम्पनीहरूले जम्मा ३७ अर्ब २९ करोड खुद बीमा शुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा जीवन बीमाहरुको खुद बीमा शुल्क आर्जन १७ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। अघिल्लो आ.व.को सोही अवधिमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन ३१ अर्ब ८७ करोड रहेको थियो।

यस अवधिमा ३७ अर्ब २९ करोड खुद बीमा शुल्क आर्जन गरेका १९ जीवन कम्पनीहरूले औसतमा १ अर्ब ९६ करोड खुद बीमा शुल्क आर्जन गरेका तथ्याङ्कले जनाएको छ। यस अवधिमा ४ जीवन बीमा कम्पनीहरूको बीमा शुल्क आर्जन सोही वर्गका संस्थाहरूको औसतभन्दा धेरै रहेको छ भने १५ यस्ता जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन औसतभन्दा कम रहेको छ। गत आर्थिक वर्षको प्रथम त्रैमासमा उक्त संस्थाहरूको खुद बीमा शुल्क आर्जन औसतमा १ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

  •  खुद बीमा शुल्क आर्जनमा नेपाल लाइफ कै प्रभुत्व:


चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा नेपालमा हाल सञ्चालनमा रहेका कुल १९ जीवन कम्पनीहरू मध्ये सर्वाधिक बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ । यस अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ९ अर्ब ७४ करोड रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सम्बन्धित अवधिको तुलनामा ९.२१ प्रतिशतको वृद्धि हो।

यता, समीक्षा अवधिमा सर्वाधिक बीमा शुल्क आर्जन वृद्धि गर्ने जीवन बीमा कम्पनी प्रभु लाइफ भएको छ । उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ५५ करोड ६३ लाख अधिक नाफा गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११४.१५ प्रतिशतको वृद्धि हो। त्यस्तै, सिटिजन लाइफले पनि गत आर्थिक वर्षको प्रथम त्रैमासको तुलनामा १००.२२ प्रतिशतले बीमा शुल्क आर्जन वृद्धि गर्न सफल भएको छ। यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १ अर्ब २१ करोड रहेको छ।

त्यस्तै, चालु आर्थिक वर्ष २०७८/७९ को प्रथम त्रैमासको अवधिसम्ममा सर्वाधिक खुद बीमा शुल्क आर्जन गर्ने अर्को जीवन बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल रहेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा ३ दशमलव ८९ प्रतिशतको बढोत्तरी भई ५ अर्ब २२ करोड पुगेको छ। सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा संस्थानले यस अवधिमा ४ अर्ब ५३ करोड रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशतको वृद्धि हो।

समीक्षा अवधिमा प्राय सबै जीवन बीमा कम्पनीहरूको खुद बीमा शुल्क आर्जनमा वृद्धि हुँदा गुराँस लाइफ इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जनमा भने गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० प्रतिशत अधिकले गिरावट आएको छ। यस अवधिमा उक्त इन्स्योरेन्सले ८६ करोड ३३ लाख रुपैंया खुद बीमा शुल्क आर्जन गरेको छ।

समीक्षा अवधिमा सर्वाधिक कम बीमा शुल्क आर्जन गर्ने जीवन बीमा कम्पनी महालक्ष्मी लाइफ भएको छ। उक्त इन्स्योरेन्सले चालु आर्थिक वर्षको प्रथम त्रैमासको अवधिसम्ममा ३२ करोड ५२ लाख खुद बीमा शुल्क आर्जन गरेको छ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x