गणपूरक संख्या नपुगी स्थगित भएकाे नेशनल हाइड्रो पावर कम्पनीले आज पुनः विशेष साधारण सभा गर्दै

National Hydro Power Company Limited

ज्ञानमाण्डू। नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडकाे भदाै १० गते हुने भनिएको विशेष साधारणसभा गणपूरक संख्या नपुगी स्थगित भएपछि कम्पनीको सञ्चालक समितिको बैठकले पुनः विशेष साधारणसभा भदौ १७ गते (आज) बोलाएको छ । कम्पनीले विशेष साधारण सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११:०० बजे देखि आरम्भ हुने जानकारी दिएको छ।

सभाले बोनश शेयर वितरण र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्ति पश्चात कायम हुन आउने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ।

हकप्रद शेयर र सुनकोशी हाइड्रो पावर कम्पनी लि.को प्राप्तिको कारणले कम्पनीको पूँजी वृद्धि हुने भएकाले सभाले कम्पनीको प्रबन्धपत्रको संशोधन गर्ने र साथै अन्य प्रस्तावहरु छलफल सहित पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारण सभाको प्रयोजनको लागि भदाै २ गते एक दिनको लागि बुक क्लोज गरिसकेकाे छ। सो आधारमा भदाै १ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x