एचआईडिसिएल(HIDCL)को लाभांश पस्ताव , कति दिँदै छ बोनस र नगद लाभांश ?


ज्ञानमाण्डू। हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले आफ्ना शेयरधनीलाई लाभांश वितरण गर्ने भएको छ । कम्पनीको मिति २०७८ साल कात्तिक १५ गते, सोमबारका दिन बसेको सञ्चालक समितिको २४८ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०७७/०७८ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको जम्मा ८.४२१ प्रतिशतले हुन आउने लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव अघि बढाएको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले आ. व. २०७७/०७८ सम्मको संचित वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतले हुन आउने १ अर्ब ४९ करोड ६० लाख रुपैयाँ बराबरको बोनस शेयर तथा ०.४२१ प्रतिशतले हुन आउने ७ करोड ८७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबरको नगद लाभांश आफ्ना शेयरधनीहरु माझ वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x