नाफामा सामान्य वृद्धि गरेको नबिल बैङ्कको वितरणयोग्य मुनाफामा भने उलेख्य सुधार

 

ज्ञानमाण्डू। नबिल बैङ्कको नाफा ७.३९ प्रतिशतले बढेकाे छ । आ.व. २०७७/७८ को पहिलो त्रैमास सम्ममा बैङ्कले १ अर्ब ३ कराेड रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को पहिलो त्रैमास सम्ममा बैंकले १ अर्ब ११ करोड रुपैयाँ माथि नाफा कमाएको देखिन्छ ।

१३ अर्ब ८४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको नबिल बैङ्कले २ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १५ अर्ब ६२ करोड रुपैयाँ र संचित मुनाफा ४ अर्ब ६० कराेड रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ४२.४१ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ पुगेकाे छ ।

असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ८५ करोड १९ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकको यस्तो मुनाफा २० करोड ८८ लाख रहेको थियो।

बैंककाे निष्कृय कर्जा अनुपात १.१३ प्रतिशत र प्रतिशेयर आम्दानी ३२ रुपैयाँ १४ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३१ पैसा र पछिल्लाे काराेबार मूल्य रू १५८० काे आधारमा मूल्य आम्दानी अनुपात ४९.२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x