धितोपत्र बजारमा ४१.८४ अंकको वृद्धि, नेप्से परिसूचक २६१२.६५ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४१ दशमलव ८४ अंकले बढेर २६१२ दशमलव ६५ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक ७ दशमलव ०४ अंकले बढेर ४९२ दशमलव ०३ को विन्दुमा पुगेको छ ।

आज कूल २२३ कम्पनीका ५८ लाख ४२ हजार १३५ कित्ता शेयर रु २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६८३ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये एक उपसमूहको शेयर ऒरालो लागेको छ । बैंकिङ उपसमूह १८ दशमलव ७४ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ३६ दशमलव ५ अङ्कले, विकास बैंक उपसमूह १४०.९१ अङ्कले, जलविद्युत उपसमूह ६०.४४ अङ्कले, वित्त उपसमूह ८६.८९ अङ्कले, निर्जीवन बीमा २६५.६८ अङ्कले, उत्पादन उपसमूह १०७.७५ अङ्कले, अन्य उपसमूह १०.८१ अङ्कले, लघुवित्त उपसमूह १ ३६.४ अङ्कले, जीवन बीमा उपसमूह ३०७.६६ अङ्कले, सामूहिक लागनी कोष शुन्य दशमलव १३ अङ्कले र लगानी उपसमूह शुन्य दशमलव ८९ अङ्कले बढेको छ। यता, ट्रेडिङ उपसमूह ५६.०५ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x