४२.९६ प्रतिशत नाफा वृद्धि गरेको गरिमा विकास बैङ्कको लाभांश दिन सक्ने क्षमता कति ?

ज्ञानमाण्डू। गरिमा विकास बैङ्कको नाफा ४२.९६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ५७ कराेड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ८२ कराेड ५२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

३ अर्ब ६७ कराेड ५९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको गरिमा विकास बैङ्कले ६३ अर्ब ९० कराेड २० लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब ८० करोड ५५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा १ अर्ब ६१ करोड ७८ लाख रुपैयाँ र संचित मुनाफा ६१ कराेड ५७ लाख रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी १९.३७ प्रतिशतले बढेर १ अर्ब ९३ करोड ६५ लाख रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६० कराेड ५७ लाख रुपैयाँ रहेकाे छ अर्थात गरिमा विकास बैङ्कले आफ्ना शेयरधनिहरूलाई १६.५  प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे निष्कृय कर्जा अनुपात ०.७२ प्रतिशत र प्रतिशेयर आम्दानी २२ रुपैयाँ ४५ पैसा छ भने प्रतिशेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा र पछिल्लाे काराेबार मूल्य रू ६२० काे आधारमा मूल्य आम्दानी अनुपात २७.६२ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x