हालसम्मकै ठूलो आईपीओ निष्काशन गरेको निफ्राको लाभांश दिन सक्ने क्षमता कति ?



ज्ञानमाण्डू। नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कको नाफा १.२६ प्रतिशतले घटेकाे छ । आ.व. २०७६/७७ को चाैथाे त्रैमास सम्ममा बैङ्कले ८४ कराेड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चाैथाे त्रैमास सम्ममा बैंकले ८३ कराेड ६४ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले ३० कराेड १६ लाख रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब २७ करोड रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा २ अर्ब ४० करोड रुपैयाँ संचित रूपैयाँ रहेको छ ।

बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८.३६ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा ६५ कराेड ८५ लाख रुपैयाँ रहेकाे छ अर्थात नेपाल इन्फ्रास्ट्रक्चर बैङ्कले आफ्ना शेयरधनिहरूलाई ३.२९ प्रतिशत लाभांश दिन सक्ने क्षमता बनाएकाे देखिन्छ।

बैंककाे प्रतिशेयर आम्दानी ४ रुपैयाँ १८ पैसा छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ र पछिल्लाे काराेबार मूल्य रू ४९२ काे आधारमा मूल्य आम्दानी अनुपात ११७.७ गुणा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x