९२ रुपैयाँ ९८ पैसा प्रतिशेयर आम्दानी रहेको महिला लघुवित्तको नाफामा आकर्षक वृद्धि

ज्ञानमाण्डू। महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १६७.८६ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ३ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले ९ करोड २९ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

१० करोड रुपैयाँ चुक्ता पुँजी रहेको महिला लघुवित्तले ९२ करोड ८० लाख रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै महिला लघुवित्तले २ अर्ब २४ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २२ करोड ८ लाख रुपैयाँ रहेको छ ।

महिला लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ८७.४६ प्रतिशतले बढेर २४ करोड ४ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात १.७१ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ९२ रुपैयाँ ९८ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३२० रुपैयाँ ९ पैसा छ र मूल्य आम्दानी अनुपात ५२.३८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x