स्वरोजगार लघुवित्तको नाफामा उलेख्य वृद्धि, प्रतिशेयर आम्दानी कति ?

ज्ञानमाण्डू। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा १६९.६४ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को चौथो त्रैमास सम्ममा लघुवित्तले ५ करोड ७२ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा लघुवित्तले १५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

४१ करोड १२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको स्वरोजगार लघुवित्तले २ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५ अर्ब ५६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै स्वरोजगार लघुवित्तले २ अर्ब ३७ करोड रुपैयाँ सापटी लिएकाे छ भने जगेडा कोषमा २० करोड ७३ लाख रुपैयाँ रहेको छ ।

स्वरोजगार लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३३.९३ प्रतिशतले बढेर ३४ करोड २ लाख रुपैयाँ पुगेकाे छ । लघुवित्तमा निष्कृय कर्जा अनुपात २.६३ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३७ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४२ पैसा छ र आम्दानी अनुपात ३९.९८ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x