धितोपत्र बजारमा गिरावट, नेप्से २९८५.५७ को विन्दुमा



ज्ञानमाण्डू। धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक एकल अङ्कले ऒरलो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ९ दशमलव ०१ अंकले घटेर २९८५ दशमलव ५७ को विन्दुमा कायम भएको छ । यस्तै सेन्सेटिभ परिसूचक २ दशमलव ८२ अंकले घटेर ५५८ दशमलव ११ को विन्दुमा पुगेको छ ।

आज कूल २१९ कम्पनीका ३ करोड १६ लाख ०८ हजार १९३ कित्ता शेयर रु ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूह मध्ये अाठ उपसमूहको शेयर ऒरालो लागेको छ । ट्रेडिङ उपसमूह १२६ दशमलव ३८ अङ्कले बढ्दा होटल तथा पर्यटन उपसमूह ६० दशमलव २१ अङ्कले, जलविद्युत ३५.८९ अङ्कले, उत्पादन उपसमूह १४.३६ अङ्कले र सामूहिक लागनी कोष १ दशमलव ०२ अङ्कले बढेको छ । यता, बैंकिङ उपसमूह शुन्य दशमलव ७४ अङ्कले घट्दा विकास बैंक उपसमूह ३८ दशमलव २२ अङ्कले, वित्त उपसमूह ३२.४३ अङ्कले, निर्जीवन बीमा १८८.१६ अङ्कले, अन्य उपसमूह २६.४२ अङ्कले, लघुवित्त उपसमूह २७.११ अङ्कले, जीवन बीमा १२६.९५ अङ्कले र लगानी उपसमूह १ दशमलव ११ अङ्कले घटेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x