सिभिल लघुवित्तकाे खुद ब्याज आम्दानीमा ३७.३ प्रतिशतकाे वृद्धि

Civil Laghubitta Bittiya Sanstha

ज्ञानमाण्डू। आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा सिभिल लघुवित्तको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३७.३ प्रतिशतले बढेर २३ करोड ९६ लाख रुपैयाँ पुगेको छ ।

आ.व. २०७७/७८ को चौथो त्रैमास सम्ममा सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ कराेड ४९ लाख रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७८/७९ को चौथो त्रैमास सम्ममा लघुवित्तले ७ कराेड ३६ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ ।

२८ करोड ८१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको सिभिल लघुवित्तले ३ अर्ब ८५ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। त्यस्तै, सिभिल लघुवित्तले २ अर्ब ५१ करोड २६ लाख रुपैयाँ सापटी लिएको छ भने जगेडा कोषमा १३ करोड ८ लाख रुपैयाँ रहेको छ।

लघुवित्तमा निष्क्रिय कर्जा अनुपात १.४७ प्रतिशत छ । लघुवित्तको प्रतिशेयर आम्दानी २५ रुपैयाँ ५६ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८९ पैसा छ र पछिल्लाे काराेबार मूल्य रू ७८७ काे आधारमा मूल्य आम्दानी अनुपात ३०.७९ गुणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x