प्रभु बैंक ऋणपत्र २०८७ बिक्री खुला, ब्याजदर कति ?



ज्ञानमाण्डू।प्रभु बैंक लिमिटेडले आज जेठ ११ गतेदेखि “प्रभु बैंक ऋणपत्र २०८७ ” नामक ऋणपत्र बिक्री खुला गरेको छ।

बैंकले रु. ४ अर्ब बराबरको, रु. १,००० प्रति ऋणपत्र अंकित मूल्यका दरले कुल ४० लाख कित्ता हुन आउने ऋणपत्र निष्काशन गरेको हो । बैंकले निष्काशन गरेको कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँ बराबरको २४ लाख कित्ता ऋणपत्र विभिन्न व्यक्ति तथा संघ संस्थाहरु लाई व्यक्तिगत (Private Placement) तवरबाट बिक्री गर्नेछ । बाँकी रहेको १ अर्ब ६० करोड रुपैयाँ बराबरको कुल १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला भएको हो । त्यस्तै, बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको १६ लाख कित्ता ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

प्रभु बैंक लिमि टेड ले निष्काशन गरेको “प्रभु बैंक ऋणपत्र २०८७” नामक ऋणपत्रको अवधि १० वर्षको हुने छ । वार्षिक ८ दशमलव ५ प्रतिशतका दरले लगानीकर्ताहरुलाई उक्त ऋणपत्र बापत त्रैमासिक रुप (३/३ महिना) मा ब्याज भुक्तानी गरिने बैंकले जनाएको छ । यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक सम्बन्धी कार्यका लागि मेगा क्यापिटल मार्केट्स लिमिटेड नियुक्त भएको छ।

एनएमबि बैंकद्धारा जारी गरिएको यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण अर्थात १६ लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र बिक्री छिटोमा जेठ १६ गतेसम्म बन्द हुने गरी तोकिएको छ । यस्तै, पर्याप्त आवेदन प्राप्त नभए ऋणपत्र बिक्री ढिलोमा जेठ २६ गते सम्म लम्बिने छ ।

यस बैंकलाई ICRA NEPAL LIMITED ले Moderate Credit Risk जनाउने“[ICRANP -IR] BBB " (pronounced ICRA NP Issuer Rating TripleB ) ग्रेडिङ्ग मिति २०२०/०७/०७ मा प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम स्तरको सुरक्षित तथा मध्यम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ । उक्त रेटिङ्गको समयावधि रेटिङ्ग प्रदान गरिएको मितिबाट १२ महिनासम्म कायम रहनेछ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त आस्वा(ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर “मेरो शेयर” अनलाइन प्रयोग गरी सिआस्वा(CASBA) प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x