सिभिल बैंकको सहयोग सुरेन्द्र ढकाल फाउन्डेसनलाई

ज्ञानमाण्डू। सिभिल बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुरेन्द्र ढकाल फाउन्डेसनलाई सामुदायिक विद्यालय सहयोगका लागि आज एक कार्यक्रम आयोजना गरि सहयोग रकम हस्तानतरण गरेको जानकारी दिएको छ ।


सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनिल कुमार पोखरेलले उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष सुरेन्द्र ढकाललाई हस्तानतरण गर्नुभएको बैंकले उल्लेख गरेको छ ।

पाँच लाख भन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले ८ एक्सटेन्सन काउन्टरहरु स्थापित गरिसकेको छ जसमध्ये ५ वटा एक्सटेन्सन काउन्टरहरु नेपा ल सरका रको कर तथा राजश्व संकलन गर्न स्थापित गरिएको बैंकले जनाएको छ । साथै बैंकको हालसम्म ८९ एटियम रहेका छन् । बैंकले हालसम्म करीव रु. ८२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७८ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेकोे कुरा यस प्रेस विज्ञप्तिद्वारा जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x