१२% बोनस सेयर वितरण गर्दै मिथिला लघुवित्त


ज्ञानमाण्डू।मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको मिती २०७७ साल फागुन २३ गते आइतबारका दिन बसेको सञ्चालक समितिको २०६ औँ बैठकले गरेको निर्णय अनुसार आ. व. २०६६/०६७ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतले हुन आउने बोनस शेयर तथा शुन्य दशमलव ६३१५७९ प्रतिशतले हुन आउने नगद लाभांश स्वरूप वितरण गर्ने घोषणा गरेको छ ।

आइतबारका दिन दिउँसो ४:३० बजे बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले आ. व. २०६६/०६७ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पुँजी १२ करोड १७ लाख ४० हजार ८५२ रुपैंया को १२ प्रतिशतले हुन आउने एक करोड ४६ लाख ८ हजार नौ सय एक रुपैंया बोनस शेयर साथै उक्त लाभांशमा लग्ने कर प्रयोजनार्थ हाल कायम चुक्ता पुँजीको शुन्य दशमलव ६३१५७९ प्रतिशतले हुन आउने ७ लाख ६८ हजार ८ सय ९८ रुपैंया ५३ पैसा नगद लाभांश स्वरूप आफ्ना लगानिकर्ता तथा शेयरधनीहरुलाई वितरण गर्ने निर्णय गरेको हो । 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताले पाउने लघुवित्तले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x