सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा सम्पन्न

https://webattach.mail.yandex.net/message_part_real/PICTURE%20(1).jpeg?exif_rotate=y&no_disposition=y&name=PICTURE%20(1).jpeg&sid=YWVzX3NpZDp7ImFlc0tleUlkIjoiMTc4IiwiaG1hY0tleUlkIjoiMTc4IiwiaXZCYXNlNjQiOiJScHMzdlJnSGhDeTdHRUlZWWdqM21RPT0iLCJzaWRCYXNlNjQiOiJrM25QQUFCUE84YTN5TkJUVUtOZW94UFM3NGk4MFk0L1RJb2Y5V3ZmTjYrd1VFakI1dWhpVFRacHhzN2U2dU44b0xiMGNQNWI2OHA2bWVFdGpDVzRnQSs4OU9PKzZXMUVkRnREY1RuSm5kcjhWa3AvUU9QUE9oSDVzZzRiNGluTzJLRkxNNUszRUtnWkRRcTRQY1ljQXc9PSIsImhtYWNCYXNlNjQiOiJoSGRvNFd2cGlzeXNHeWZlb25yK1kxRTJpM296OE04NnQ1UzQ3OUxmbDlnPSJ9

ज्ञानमाण्डू। सिभिल बैंक लिमिटेडको दशौं वार्षिक साधारण सभा मिति २०७७ फाल्गुन ९ गते आईतवार भर्चुयल माध्यमबाट सम्पन्न गरेको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम बैंकको चुक्ता पूँजीको ८% का दरले हुन आउने रु.६४,०२,७१,१७३.९१ (अक्षरेपी चौसठ्ठी करोड दुई लाख एकहत्तर हजार एक सय त्रिहतर रुपैया एकानब्बे पैसा मात्र) बराबरको बोनश शेयर तथा कर प्रयोजनको लागि प्रतिशेयर ०.४२% का दरले हुन आउने रु.३,३६,९८,४८२.८४ (अक्षरेपी तिन करोड छत्तीस लाख अन्ठानब्बे हजार चार सय बयासी रुपैया चैरासी पैसा मात्र) नगद नगद लाभांश वितरण गर्न पनि सर्वसम्मतीले स्वीकृत प्रदान गरेको छ ।


साथै सभाले आ.व. २०७७/०७८ को लेखापरिक्षण गर्नको लागि “एन.बि.एस.एम.एण्ड एशोसियट्सलाई लेखापरिक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक लिमिटेड र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्र्ने निर्णय गरेको छ ।

सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।


करीव पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटियम मार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करीव रु. ७८ अर्व भन्दा बढी निक्षेप परिचालन गरी रु. ७२ अर्व भन्दा बढी कर्जा लगानी गरीसकेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x