इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड, झन्डै ५ लाख आवेदकले पाए अधिकतम ६० कित्ता

ज्ञानमाण्डू।नेपाल इन्फ्रास्ट्रक्चर बैंकले सर्वसाधारणलाई निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) आज शुक्रवार(माघ १६ गते) बाँडफाँड भएको छ।बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटको कार्यलयमा शुक्रबार बिहान १० बजे शेयर बाँडफाँड भएको हो ।

बैंकले माघ २ गतेदेखि ६ गतेसम्म सार्वजनिक निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) मा १४ लाख ८१ हजारले आवदेन दिएका थिए। जस मध्ये ६ हजार २७५ जनाको आवेदन अयोग्य भई रद्ध भएका छन् भने  योग्य आवेदक १४ लाख ७५ हजार ८ जना सम्पूर्णले शेयर प्राप्त गरेका छन्।

धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलका अनुसार ५० कित्तासम्म आबेदन दिने सबैलाई ५० कित्तासम्म बाँडफाँड गरी बाँकी रहेको ४९ लाख २० हजार ७२० कित्ता शेयर गोलाप्रथाबाट ५० कित्ता भन्दा बढी आवेदन गर्ने ४ लाख ९२ हजार ७२ जनालाई थप १० कित्ता दरकाले बाँडफाँड भएको छ । जस अनुसार सर्वसाधारणले अधिकतम ६० कित्तासम्म शेयर प्राप्त गरेका छन ।

बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटका अनुसार आईपीओमा आवेदन गरेकामध्ये १४ लाख ७५ हजार ८० वटा आवेदन योग्य परेका छन् भने ६ हजार २७६ वटा आवेदन रद्ध भएका छन ।

बैंकले माघ २ गते देखि ६ गते सम्म जारी पूँजी २० अर्ब रुपैयाँको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो । त्यस मध्ये ० दशमलव २० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्टाएर बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणलाई निष्काशनमा ल्याएको थियो । यसमा बिक्री प्रबन्धकको भूमिका धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले निभाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x