कोरोना सङ्क्रमणबाट बच्न प्रदेश नं २ सरकारको तयारी

ज्ञानमाण्डू।कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेश नं २ सरकारले तयारी थालेको छ । प्रदेश नंं २ को स्वास्थ्य निर्देशनालयले कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन प्रदेशभित्रका विभिन्न मेडिकल कलेज तथा अस्पतालमा ११५ आइसोलेशन वार्ड निर्माणका लागि काम अघि बढाएको छ । प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले यसका लागि प्रदेश राजधानी जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा तीन, नारायणी उपक्षेत्रीय अस्पतालमा पाँच, क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेज एवं शिक्षण अस्पतालमा ६० र वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५० आइसोलेशन वार्ड निर्माण गर्न काम अगाडि बढाएको जानकारी दिए ।

प्रदेश नं २ मा हालसम्म एक जनामा पनि कोरोनाको सङ्क्रमण नदेखिएको भए पनि पूर्वसतर्कताका लागि त्यस्तो वार्ड स्थापना कार्य अगाडि बढाएको उपनिर्देशक झाले जानकारी दिए । यसै गरी कोरोनाको सङ्क्रमण हुन नदिन सीमाक्षेत्रमा विशेष निगरानी बढाउने काम भएको छ । विभिन्न पालिकामा पनि हेल्थ डेक्स सञ्चालनको काम अगाडि बढाएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

भारतबाट आइरहेका दुई युवालाई धनुषाको सिमानामा पर्ने भारतको जयनगरमा भारत सरकारले राखेको कोरोना हेल्थ डेक्सले शङ्काका आधारमा मधुबन्नी जिल्लाको सदर अस्पतालमा लगेर जाँच गराउँदा नेगेटिभ रिपोर्ट पाइएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कँडेलले भने , “यद्यपि भारतमा कोरोनाको सङ्क्रमण देखापरेको र खुला सिमाना भएका कारणले सीमाक्षेत्रमा निगरानी बढाउने काम भएको छ ।” त्यसै गरी कोरना भाइरसबाट सतर्कता अपनाउनका लागि नै सरकारी विद्यालयमा शनिबारदेखि नै दुई चरणमा गरेर भए पनि ६ गतेसम्म वार्षिक परीक्षा सक्ने गरी परीक्षा सुरु भएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x