ग्लोबल आइएमई बैंकको नाफा २ अर्ब ३१ करोड, वितरण याेग्य मुनाफा १ अर्ब ४३ कराेड माथि

 http://

ज्ञानमाण्डू। ग्लोबल आइएमई बैंकको नाफा ३७.३२ प्रतिशतले बढेकाे छ । आ.व. २०७६/७७ को दाेस्राे त्रैमास सम्ममा बैङ्कले १ अर्ब ६८ करोड ५९ लाख ८ हजार रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७७/७८ को दाेस्राे त्रैमास सम्ममा बैंकले २ अर्ब ३१ करोड ५१ लाख १८ हजार रुपैयाँ नाफा कमाएको देखिन्छ ।


२१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको ग्लोबल आइएमई बैंकले २ खर्ब ३४ अर्ब ४१ करोड २३ लाख २५ हजार रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३ अर्ब ७८ करोड ९७ लाख ६७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ७ अर्ब ७० करोड ८ लाख २१ हजार रुपैयाँ र संचित मुनाफा १ अर्ब ५२ कराेड १० लाख ३८ हजार रूपैयाँ रहेको छ ।
 
बैंकको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ३४.४७ प्रतिशतले बढेर ४ अर्ब ७७ करोड १८ लाख ५४ हजार रुपैयाँ पुगेकाे छ ।

त्यस्तै बैंङ्ककाे वितरण याेग्य मुनाफा १ अर्ब ४३ कराेड २० लाख ४६ हजार रुपैयाँ र निष्कृय कर्जा अनुपात १.७२ प्रतिशत छ । बैङ्कको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ४० पैसा छ भने प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ ६३ पैसा छ र मूल्य आम्दानी अनुपात १५.८४ गुणा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x