अपि पावरको नाफामा उल्लेख्य सुधार, प्रतिसेयर आम्दानी कति?

ज्ञानमाण्डू।अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको छ।

आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको अवधिसम्ममा कम्पनीले १४ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ४ करोड १४ लाख रुपैयाँमात्र खुद नाफा कमाएको थियो। अपि पावर कम्पनी लिमिटेडले विद्युत् बिक्रीबाट हुने आम्दानीमा आकर्षक वृद्धि भएपछि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १० करोड १७ लाख रुपैयाँ अर्थात २४५ दशमलव ७९ प्रतिशत बढी खुद नाफा आर्जन गर्न सफल भएको हो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले विद्युत बिक्रीबाट २४ करोड १९ लाख रुपैयाँ र अन्य श्रोतबाट ६ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले विद्युत बिक्रीबाट १३ करोड ५० लाख रुपैयाँ र अन्य श्रोतबाट १४ लाख ५ हजार रुपैयाँ मात्र आम्दानी गरेको थियो।

१ अर्ब ९२ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको अपि पावर कम्पनी लिमिटेडको जगेडा कोषमा २९ करोड ७० लाख ८१ हजार रूपैयाँ संचिती रहेको छ ।

पुस मसान्तसम्म आइपुग्दा यस कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) ६ रुपैयाँ ९६ पैसाबाट बढेर १४ रुपैयाँ ८४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ७१ पैसाबाट बढेर ११५ रुपैयाँ ३९ पैसा कायम भएको छ भने मूल्य आम्दानी अनुपात १७ दशमलव ८५ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x