अशोक लेलैण्डको मेघा विन्टर सर्भिस क्याम्प २०२१ आज बाट सुरु

ज्ञानमाण्डू।आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा. लि. द्धारा प्रवद्धित अशोक लेलैण्डले ‘मेघा विन्टर सर्भिस क्याम्प’ देशैभरी आफ्ना १३ सर्भिस सेन्टरहरुमा लागु हुनेगरी आज बाट सुरु गरेको आइएमई मोटर्सले जानकारी दिएको छ । 

यस योजना अन्तर्गत ग्राहक महानुभावहरुलाई केन्द्रित गर्दै पार्टस र लुब्रिकेन्टमा ८% छुट, लेबर चार्जमा ३०% छुटका साथसाथै ४५ पोइन्ट फ्रि चेक्अप पनी उपलब्ध हुने कम्पनीले बताएको छ । यस सर्भिस क्याम्पको दौरान ग्राहकवर्गहरुले विभिन्न आकर्षक उपहार साथै ड्राईभरहरुले सुरक्षित ड्राईभिङ्ग सम्बन्धी जानकारी पनि लिन सक्ने कम्पनीले थप उल्लेख गरेको छ।
ashok leyland

यो सर्भिस क्याम्पको अफरहरु आशेक लेलैण्डका बस, ट्रक, ट्रिपर तथा साना कमर्सिएल भेइकलका कुनै पनि मोडलका गाडीहरुमा लागु हुने यो क्याम्पीङ्गमा ग्राहक वर्गहरुले अशोक लेलैण्डका नेपालभरि रहेका जुनसुकै सर्भिस सेन्टरमा गएर प्राप्त गर्न सक्ने छन् भने डिस्काउन्ट कुपन पनि प्राप्त गर्न सक्ने आइएमई मोटर्सले जनाएको छ ।

सुरक्षित गाडिका लागि जेन्युअन पार्टस् प्रयोग गरौ भन्ने नारा का साथ सुरु भएको यस योजना माघ ४ गते देखी १५ गते सम्म मात्र लागु हुने कम्पनीले बताएको छ । 

आइएमई मोटर्सले ग्राहकवर्गको निम्ति विभिन्न नौलो योजना ल्याउने गरेको र साथसाथै यस योजना मार्फत पनि ग्राहकहरुलाई विभिन्न सुविधा प्रदान गर्ने कम्पनीले लक्ष्य लिएको छ । देशभर विभिन्न पार्टस तथा सर्भिस आउटलेटबाट ग्राहक महानुभावहरुमा सेवा प्रदान गर्न सफल मात्र नभइ उक्त गाडीहरुलाई चाहिने सर्भिस र स्पेयर पार्टस् सप्लाई पनि प्रयाप्त मात्रामा गर्दै आएको कुरा कम्पनीले यस प्रेस विज्ञप्तिद्वारा जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x