चन्द्रागिरी हिल्सको आईपीओ निष्काशन, कति दिने आवेदन ?


काठमाडौँ, वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यसाथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै काठमाडौँ उपत्यकामा केबलकार सञ्चालन गर्दै आएको चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर आजदेखि बिक्री सुरु गरेको छ । चन्द्रागिरि हिल्स लिमिटेडले दोस्रो चरणमा आम सर्वसाधारणका लागि जारी गर्न लागेको १५ लाख कित्ता भन्दा बढि आईपिओ आज विहान १०ः०० बजेदेखि आवेदन दिन पाइनेछ ।

चन्द्रागिरी हिल्स कम्पनीले प्रति कित्ता एक सय रुपैयाँ अंकित मूल्यको दरले कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयरका लागि आवेदन खुल्ला गरेको हो । सो शेयर मध्ये कम्पनीमा कार्यरत कर्मचारीहरुको लागि ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता, सामूहिक लगानी कोषहरुको लागि ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता शेयर छुट्याएर बाँकी रहेको कुल १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीकाे आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेकाे छ। सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयरको वेब तथा एप मार्फत कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ।

चन्द्रागिरी हिल्सको आईपिओमा न्यूनतम् १० कित्ता आवेदन दिन सकिने व्यवस्था रहेता पनि कैयौं गुणा बढि आवेदन पर्ने हुँदा धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार हरेक आवेदकलाई १० कित्ताका दरले शेयर बाँडफाँड हुने प्रवदान रहेकाले गोलाप्रथा माध्यमबाट मात्र १ लाख ३९ हजार ६०२ जनाले न्यूनतम १० कित्ता शेयर पाउनेछन् । यसकारण यस कम्पनीको शेयरमा १० कित्ता शेयर खरिदको लागि नै आवेदन दिनु बुद्धिमानी हुनेछ। कम्पनीको आईपीओ निष्काशन छिटोमा पुस २८ गते बन्द हुनेछ भने त्यस अवधीमा पर्याप्त आवेदन नपरे माघ ९ गतेसम्म म्याद थप हुनेछ।

नेपाल धितोपत्र बोर्डले साधारण शेयर बिक्रीका लागि अनुमति प्रदान गरेको चन्द्रागिरि हिल्स लिमिटेडले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयवासीलाई शेयर बिक्री गरेको थियो । पहिलो चरणको साधारण शेयर बिक्री छिटोमा कम्पनीले आयोजना प्रभावितका लागि प्रति शेयर रु १०० का दरले तीन लाख छ हजार ८१९ कित्ता शेयर बिक्री गरेको थियो ।

यस्तै दोस्रो चरणमा आम सर्वसाधारणका लागि १५ लाख ३४ हजार ९१ कित्ता शेयर आज विहान १०ः०० बजेदेखि बिक्री खुल्ला भएको छ । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ ।

धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख रुपैया बराबरको साधारण शेयर निष्काशनका लागि अनुमति पाएको हो । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्याटिल रहेको छ । साधारण शेयर बिक्री पछि कम्पनीको कूल चुक्तापूँजी रु रु एक अर्ब ५३ करोड पुग्नेछ । कम्पनीमा ८८५ जनाको संस्थापक लगानी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x