एन आई सी एशिया बैंकले थाल्यो वीच्याट–पे भुक्तानी सेवा

nic asia bankज्ञानमाण्डू। एन आई सी एशिया बैंकले वीच्याट–पे मोबाइल वालेटबाट आफ्नो मर्चेन्टमा भुक्तानी गर्न मिल्ने सेवाको थालनी गरेको छ । यसबाट नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूले विभिन्न सामग्री तथा सेवा खरिद गरी लागत रकम वीच्याट–पेमार्फत भुक्तानी गर्ने सुविधा प्रदान गर्नका लागि यस बैंक, फष्ट पे टेक्नोलोजी प्रा. लि. र चीनको स्वीफ्टपास कम्पनीबीच त्रीपक्षीय सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने, फष्ट पेका तर्फबाट निर्देशक श्री विप्लव जोशी र स्वीफ्टपासको तर्फबाट भाइस प्रेसिडेन्ट श्री म्याजिक टाङ (Magic Tang) ले हस्ताक्षर गर्नुभएको थियो ।


यस सम्झौतापश्चात् वीच्याट–पे मोबाइल वालेट प्रयोगकर्ताहरूले यस बैंक अन्तर्गतका मर्चेन्टहरूमा राखिएका त्तच् कोड स्क्यान गरेर डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ । बैंकले वीच्याट–पेबाट भुक्तानी प्राप्त गर्न चाहनुहुने मर्चेन्टहरूका लागि बैंकको वेबसाइट nicasiabank.com मार्फत आवेदन दिन सकिने व्यवस्था गरेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x