प्रभु बैंककाे eKYC सेवा सञ्चालनमा

ज्ञानमाण्डू। प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै eKYC सेवा सञ्चालनमा ल्याएको छ । प्रभु बैंक लि. मा खाता खोली कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले बैंकको वेबसाइट www.prabhubank.com मा Login गरी अनलाइन मार्फत KYC अद्यावधिक गर्ने व्यवस्था मिलाएको बैंकले जनाएको छ । जसबाट KYC अद्यावधिक प्रयोजनका लागि अब बैंकसम्म पुगिरहनु पर्ने बाध्यता पुर्णरुपमा हटेको छ ।

 prabhu bank

प्रभु बैंक लिमिटेडले सञ्चालनमा ल्याएको उक्त सेवा सुरक्षित एवं प्रभावकारी रहेको तथा KYC सम्बन्धी सम्पूर्ण विवरणहरु यथा–समयमै अद्यावधिक गरी खाता नियमित सञ्चालन गर्न सहज हुने र यसबाट ग्राहकहरुले आफ्ना समय बचत तथा सदुपयोग गरी अत्याधिक लाभ उठाउने भन्ने कुरामा पूर्ण विश्वास रहेको बैंकले जनाएको छ ।

Prabhu Bank Limited

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x